logo

मंगलबार, भाद्र ९ २०८३

kantipurpationlinetv

२०८३ भाद्र ९ मंगलबार

युवा उद्यमी राज कार्की सम्मानित

युवा उद्यमी राज कार्की सम्मानित


  • मंगलबार, भाद्र ९ २०८३
  • 0.8K
    SHARES

    काठमाडौं । नेपाली फेसन तथा बेस्पोक टेलरिङ क्षेत्रमा सक्रिय युवा उद्यमी राज कार्की सम्मानित भएका छन् । सुटमालाका कार्यकारी निर्देशकसमेत रहेका कार्कीलाई एभरेस्ट इभेन्टले विशेष सम्मान प्रदान गरेको हो ।

    राजधानीमा आयोजित एक समारोहबीच कार्कीलाई नेपाली फेसन, टेलरिङ तथा सुट शिल्पकारिताको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

    बागबजारलाई केन्द्र बनाएर सुटमालामार्फत टेलरिङ व्यवसायलाई आधुनिक, व्यवस्थित र गुणस्तरीय बनाउने अभियानमा कार्की सक्रिय छन् । परम्परागत सिलाइ सीपलाई आधुनिक बजारको माग, उत्कृष्ट शिल्पकारिता र व्यावसायिक व्यवस्थापनसँग जोड्दै उनले नेपाली फेसन बजारमा छुट्टै पहिचान बनाएका छन् ।

    व्यवसायसँगै ब्रान्डिङ, प्रचार–प्रसार तथा सिर्जनात्मक गतिविधिमा समेत सक्रिय कार्कीले युवामा उद्यमशीलता र स्वावलम्बनको भावना विकास गर्नुपर्नेमा जोड दिँदै आएका छन् । विभिन्न व्यावसायिक मञ्च तथा नेटवर्कमार्फत नेपाली उत्पादन र उद्यमीको प्रवर्द्धनमा समेत उनको सक्रियता रहँदै आएको छ ।

    स्थानीय उद्योग, उत्पादन र रोजगारीको विस्तारबाट मात्रै मुलुकको अर्थतन्त्र बलियो बन्न सक्ने धारणा राख्दै आएका कार्कीले परम्परागत सीपलाई सम्मानित र व्यावसायिक पेसाका रूपमा स्थापित गर्नुपर्नेमा पनि जोड दिँदै आएका छन् ।

    सम्मान ग्रहणपछि कार्कीले प्राप्त सम्मानले आगामी दिनमा अझ ऊर्जा र सिर्जनात्मकताका साथ काम गर्न प्रेरणा मिलेको बताए ।

    ‘यो सम्मानले मेरो जिम्मेवारी अझ बढाएको महसुस गरेको छु । आगामी दिनमा नेपाली सुट शिल्पकारितालाई थप उचाइमा पुर्‍याउन निरन्तर काम गर्नेछु,’ उनले भने ।

    सुटमालाको सेवा देशभर विस्तार गर्दै नेपाली फेसन बजारमा आधुनिक सेवा र उत्कृष्ट गुणस्तर स्थापित गर्ने आफ्नो लक्ष्य रहेको कार्कीले बताए ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page