काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीको रकम अपचलन तथा हिनामिनासँग जोडिएका सम्पत्ति खोजी गरी बचतकर्ताको रकम फिर्ता गर्ने कामलाई सरकारले तीव्रता दिएको बताएकी छन् ।
डडेलधुरामा मंगलबार सहकारीपीडितसँग छलफल गर्दै मन्त्री रावलले बचतकर्ताको रकम फिर्ता गर्नु सरकारको प्राथमिकतामा रहेको बताइन् । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको समस्या बुझ्न आफू डडेलधुरा आएको बताउँदै उनले १० हजार रुपैयाँभन्दा कम बचत भएका करिब ४ हजार बचतकर्ताको रकम फिर्ता भइसकेको जानकारी दिइन् ।
बाँकी बचतकर्ताको रकम पनि दावासाहीका आधारमा फिर्ता गर्ने निर्णय भएको उनले बताइन् । ‘सबै बचतकर्तालाई दावासाही हिसाबले रकम फिर्ता गर्ने निर्णय भएको छ,’ उनले भनिन् ।
मन्त्री रावलका अनुसार सहकारी तथा सहकारीको लगानी रहेका मार्ट र भवनको मूल्यांकन सम्पन्न भइसकेको छ । ती सम्पत्ति लिलामी गरेर प्राप्त रकम बचतकर्तालाई फिर्ता गर्ने प्रक्रिया अघि बढाइएको उनले जानकारी दिइन् ।
सहकारीका सञ्चालक, ऋणी तथा कर्मचारीसँग सम्बन्धित सम्पत्ति र बैंक खाताको विवरण रोक्का तथा खोजीका लागि सम्बन्धित निकायलाई पत्राचार गरिएको पनि उनले बताइन् । सहकारी तथा सञ्चालकहरूको लगानी रहेका विभिन्न कम्पनी र उद्योगको सम्पत्तिसमेत खोजी भइरहेको उनको भनाइ छ ।
सहकारीबाट ठूलो रकम हिनामिना भएको देखिए पनि सञ्चालकसँग तत्काल देखिने सम्पत्ति पर्याप्त नरहेको भन्दै मन्त्री रावलले सम्पत्तिको वास्तविक अवस्था पत्ता लगाउन थप छानबिन आवश्यक रहेको बताइन् ।
सहकारीपीडितहरूले भने आफ्नो बचत रकम फिर्ताका लागि सम्पत्ति खोजी, लिलामी तथा कानुनी प्रक्रियालाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन् ।
-
यात्रु सेवामा दिनरात खटिँदै गोरखा दरौँदी यातायातका अध्यक्ष दिपक बोहोरा
-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
दसैँ मनाउन घर फर्किनेको लर्को, नयाँ बसपार्कदेखि कलंकीसम्म चहलपहल
-
चाँगुनारायण नगरपालिकाद्वारा बजार अनुगमन, नियमविपरीत कार्य गर्ने पसललाई जरिवाना
-
सन्तोष परियारको दशैंको मर्मस्पर्शी गीत ‘लाहुरेको दशैं तिहार’ले रुवायो दर्शक