काठमाडौं । गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल शिवम् प्लाजामा सम्पन्न भएको छ । क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न सभामा एसिया रग्वीका उपाध्यक्ष, राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव तथा नेपाल रग्वी संघका संस्थापक अध्यक्ष टंकलाल घिसिङ प्रमुख अतिथिका रूपमा सहभागी थिए ।
साधारण सभामा नेपाल रग्वी संघका अध्यक्ष दीपक देवकोटा, वरिष्ठ अध्यक्ष चेतन राजगिरी, महासचिव गोविन्द घिमिरे, कोषाध्यक्ष दीपक अधिकारी तथा रग्वी एजुकेटर टंकराज गिरीलगायतको उपस्थिति थियो । कार्यक्रममा गोर्खाली रग्वी क्लबका उपाध्यक्ष कृष्ण क्षेत्री, सार्दुल श्रेष्ठ, कोषाध्यक्ष श्रीराम श्रेष्ठ, सदस्य राधिका शाक्य, ज्योती श्रेष्ठलगायत क्लबका पदाधिकारी, बागमती प्रदेश रग्वी संघका सचिव अनन्त श्रेष्ठ, विभिन्न क्लब तथा प्रदेशका प्रतिनिधि र खेलाडी सहभागी थिए ।
साधारण सभाले क्लबले हालसम्म सञ्चालन गरेका गतिविधि तथा प्रतियोगिताको समीक्षा गर्दै आगामी कार्ययोजनामाथि छलफल गरेको थियो । सभाले सन्तोष श्रेष्ठ, तारा तामाङ र विवेश बाशुलाई नयाँ सदस्यका रूपमा मनोनयनसमेत गरेको छ ।
क्लबले आगामी दिनमा विद्यालयस्तरमा रग्वी प्रशिक्षण सञ्चालन गर्ने, गोर्खाली रग्वी सेभेन्स प्रतियोगिता तथा गोर्खाली रग्वी फेस्टिभल आयोजना गर्ने योजना अघि सारेको छ । त्यस्तै, खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा थप अवसर उपलब्ध गराउने उद्देश्यले विभिन्न अन्तर्राष्ट्रिय रग्वी प्रतियोगितामा सहभागिता जनाउने कार्यक्रमसमेत अघि बढाइएको क्लबका सचिव प्रेम कोइरालाले जानकारी दिए ।
सचिव कोइरालाका अनुसार विद्यालय तहदेखि नै रग्वी खेलको विकास र विस्तार गर्दै नयाँ प्रतिभाको पहिचान तथा खेलाडी उत्पादनमा क्लबले आगामी दिनमा थप सक्रियताका साथ काम गर्नेछ ।
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा