logo

बुधबार, साउन १३ २०८३

kantipurpationlinetv

२०८३ साउन १३ बुधबार

दुर्गेश थापाको ‘जाने भए जाम माया’ करोड क्लबमा

दुर्गेश थापाको ‘जाने भए जाम माया’ करोड क्लबमा


  • सोमबार, साउन १२ २०८२
  • 10K
    SHARES

    काठमाडौँ, साउन १२ — पछिल्लो पुस्ताका सर्वाधिक चर्चित गायक दुर्गेश थापाको नयाँ गीत ‘जाने भए जाम माया’ युट्युबमा १ करोड (१० मिलियन) भ्युज पार गर्दै “करोड क्लब” मा प्रवेश गरेको छ। गीतले सार्वजनिक भएको केवल १८ दिनमै यो कीर्तिमानी उपलब्धि हासिल गरेको हो।

    सामाजिक सञ्जाल र युट्युबमा अत्यधिक चर्चित भ्लगर सिसन बानियाँ र गुराँस नानीसँगको सहकार्यले यो गीतलाई थप लोकप्रिय बनाएको छ। गीतले रिलिज भएको २४ घण्टामै सर्वाधिक हेरिने नेपाली गीतको कीर्तिमान कायम गर्नुका साथै ग्लोबल ट्रेन्डिङ मा पर्न सफल हुँदै इतिहास रचेको छ।

    ‘जाने भए जाम माया’ का शब्द, संगीत र संगीत संयोजन तीनवटै पक्षको जिम्मा दुर्गेश थापाले स्वयंकै सम्हालेका छन्। गायनमा दुर्गेशलाई सिसन बानियाँ र अल्हाजी गेरोले साथ दिएका छन्, जसले गीतलाई बहुआयामिक बनाएको छ।

    गीतको भिडियोमा दुर्गेश थापा, सिसन बानियाँ र गुराँस नानीको अभिनय देख्न सकिन्छ। साथै अल्हाजी गेरो र लासो पेमा लगायतका कलाकारहरू पनि भिडियोमा प्रस्तुत छन्। भिडियोको कला निर्देशन मणिक पाख्रिनले गरेका छन्, जसले गीतको भिजुअल पक्षलाई गहिरो बनाएको छ।

    यो गीतले कम समयमा प्राप्त लोकप्रियताले नेपाली म्युजिक सिनमा डिजिटल युगको प्रभाव, नयाँ पुस्ताको सक्रियता र अन्तर्राष्ट्रिय स्तरसम्म फैलिएको उपस्थिति पुष्टि गर्दछ। दुर्गेश थापाले एकचोटि फेरि प्रमाणित गरेका छन् कि उनी समय सापेक्ष सिर्जनशीलता, ट्रेन्डको राम्रो अध्ययन, र युवामाझ पकड राख्ने गायक हुन्।

    हेर्नुहोस्:


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page