काठमाडौं । लोकप्रिय गायिका कला लम्सालले नयाँ गीत ‘अन्टी लभर’ सार्वजनिक गरेकी छन्। गीत उनले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन्।
तीजको समयमा प्रायः मौलिक तीज गीतहरू सार्वजनिक गर्दै आएकी लम्सालले यसपटक फरक शैलीको डान्सिङ नम्बर सार्वजनिक गरेकी हुन्। रमाइलो शैलीमा बनेको गीत सन्देशमूलक पनि रहेको छ। गीत तीजकै पारम्परिक विधामा नपरे पनि तीजको माहोलमा कम्मर मर्काएर नाच्न मिल्ने खालको बनाइएको छ।
गीतमा कला लम्साल र आशिष अबिरलको स्वर रहेको छ। रमेश परियारले शब्द र संगीत तयार पारेका हुन् भने संगीत संयोजन, मिक्सिङ र मास्टरिङ अबिरल स्वयंले गरेका हुन्।
गीतजस्तै भिडियो पनि आकर्षक बनेको छ। मौसम हिमालीले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोमा गायिका लम्साल स्वयं र बद्री प्रसाद तिवारीको अभिनय रहेको छ।
भिडियोको छायांकन नवराज उप्रेतीले गरेका हुन् भने सम्पादन तथा कलरिङ मनोज कार्कीले गरेका छन्।
गीतलाई सदाबहार बजाउन मिल्ने र तीजको रौनकमा पनि रमाइलो गर्न सकिने किसिमले तयार पारिएको बताइएको छ।
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण
-
मर्स्याङदी गाउँपालिका–८ मा विपन्न परिवारलाई कुखुराका चल्ला वितरण, आयआर्जन तथा स्वरोजगार प्रवर्द्धनमा जोड
-
रास्वपाको गोरखाका सबै पालिकामा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशन जेठ २४ मा