काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सांसद मनिष झाले रास्वपा प्रदेश सभा खारेज गर्ने पक्षमा रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेश रहने तर प्रदेश सभा खारेज गर्ने रास्वपाको नीति रहेको बताए ।
प्रदेश सभामा पुग्ने प्रदेशको स्थानीय तह बनाउने गरी आफूहरू अघि बढिरहेको बताउँदै उनले पालिकाहरूको प्रतिनिधि पुगेर प्रदेश सभा गर्ने व्यवस्था हुनुपर्ने आफूहरूको तयारी रहेको उनले बताए । ‘हामी २१ वटा मन्त्रालयबाट १५ मा झार्न चाहन्छौँ । प्रदेश रहन्छ, प्रदेश सभा खारेज गर्न चाहन्छौँ । त्यो प्रदेशको सभामा पुग्ने त्यही प्रदेशको स्थानीय तह । पालिकाहरूको प्रतिनिधि पुगेर सभा गर्दछ,’ सांसद झाले भने ।
पार्टीका प्रवक्ता समेत रहेका सांसद झाले रास्वपाले संघमा २१ वटा मन्त्रालयबाट १५ मा झार्ने योजनाअनुसार आफ्नो नीति अघि बढाइरहेको पनि उनले जानकारी गराए ।
-
सुमन परियार र मेनुका सोनीको ‘डिप्रेसन’ सार्वजनिक, प्रेम धोका र मानसिक पीडाको कथा
-
किन आयो युवा नेता मुकुन्द सिलवालको राजिनामा
-
कागभुसुण्डे मन्दिरमा धार्मिक एवं सांस्कृतिक कागबेनी मेला हुने
-
मानुङकोटको प्रेमकथामा आधारित बद्री सापकोटा र अमृत अधिकारीको ‘मानुङकोटैमा’ सार्वजनिक
-
लोक दोहोरी क्षेत्रमा जम्दै हरिचन्द्र भट्ट क्षेत्री