logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

अमेरिकाबाट आयो गायिका अमृता लुङ्गेली मगरको तीज गीत ‘आँखा मार्यो’

अमेरिकाबाट आयो गायिका अमृता लुङ्गेली मगरको तीज गीत ‘आँखा मार्यो’


  • मंगलबार, साउन १३ २०८२
  • 34.8K
    SHARES

    दुई दशकदेखि लोकसंगीतमा सक्रिय गायिका अमृता लुङ्गेली मगरले यस वर्षको तीजलाई लक्षित गर्दै नयाँ तिज गीत सार्वजनिक गरेकी छन्। ‘आँखा मार्यो’ शीर्षकको उक्त तिज गीत मंगलबार अमृता लुङ्गेली मगर युट्युबमार्फत सार्वजनिक गरेकी हुन् ।

    गीतमा मौलिक तीज भावनालाई आधार बनाएर पश्चिमी संगीत शैली समावेश गरिएको छ। शब्द तथा संगीत संयोजन सरोज बिरही कार्कीको रहेको गीतमा गायिका लुङ्गेलीको स्वर सुन्न सकिन्छ। भिडियोमा शंकर बीसी र स्मारक (धकाली) को अभिनय देख्न सकिन्छ।

    गायिका लुङ्गेली मगरले अमेरिकाबाटै तीज गीत सार्वजनिक गर्ने परम्परा पछिल्ला केही वर्षदेखि कायम राखेकी छन्। तीजमा मौलिकता जोगाउँदै नयाँपन दिन खोजिएको बताउँदै उनले भनिन्, ‘यसपालिको तीज गीतमा हामीले मौलिक तीज भावनालाई वेस्टर्न म्युजिकको प्रयोग गर्दै फरक ढंगले प्रस्तुत गरेका छौं। साथ, समर्थनको अपेक्षा राखेकी छु।’

    गीतको निर्देशन र कोरियोग्राफी स्वयं शंकर बीसीले गरेका छन्। छायांकन दुर्गा पौडेल र सम्पादन नबिन घर्ति मगरको रहेको छ। भिडियोमा रंग संयोजनदेखि पोशाकसम्ममा तीजको रंगीन झल्को देखिन्छ।

    गायिका लुङ्गेली मगरले ‘आँखा मार्यो’ सार्वजनिक गरेसँगै उनले आफ्नो युट्युब च्यानल Amrita Lungeli Magar मार्फत नयाँ सिर्जनामा निरन्तरता दिने संकेत पनि गरेकी छन्।

    हेर्नुहोस् भिडियो:


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page