logo

शनिबार, साउन २४ २०८२

kantipurpationlinetv

२०८२ साउन २४ शनिबार

तेस्रो विशाल राष्ट्रिय तिज म्युजिक अवार्ड २०८२ का उत्कृष्ट मनोनयन सार्वजनिक

तेस्रो विशाल राष्ट्रिय तिज म्युजिक अवार्ड २०८२ का उत्कृष्ट मनोनयन सार्वजनिक


  • बुधबार, साउन २१ २०८२
  • 4.3K
    SHARES

    काठमाडौं — स्वर्गीय कल्पना गैरे स्मृति फाउन्डेशन नेपालको सहयोगार्थ विशाल मुभिज प्रालि, अनामनगर, काठमाडौंद्वारा आयोजना गरिएको तेस्रो विशाल राष्ट्रिय तिज म्युजिक अवार्ड २०८२ का उत्कृष्ट मनोनयन (नोमिनेसन) सार्वजनिक गरिएको छ।

    आयोजक संस्था विशाल मुभिज प्रालिका अध्यक्ष तथा गायक-सर्जक हुम गैरेका अनुसार आगामी भदौ ५ गते काठमाडौंमा एक भव्य समारोहका बीच फाइनल कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति सहित करिब एक दर्जन स्रष्टा तथा सर्जकहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको बताइएको छ। कार्यक्रम संयोजक तथा गायिका कमला बि.शीले यस अवार्डलाई सांगीतिक क्षेत्रमा योगदान पु¥याउने कलाकारहरुको हौसला अभिवृद्धिमा टेवा पुर्‍याउने उद्देश्य रहेको बताइन्।

    यसअघि सम्पन्न पहिलो र दोस्रो संस्करण जस्तै यो तेस्रो संस्करण पनि थप भव्य हुने विश्वास आयोजक संस्थाका सीईओ विशाल गैरेले व्यक्त गरेका छन्।

    यस वर्षका लागि कुल १८ विधामा उत्कृष्ट तीन मनोनयन सार्वजनिक गरिएको छ। गायन, निर्देशन, संगीत संयोजन, लय र शब्द संकलनदेखि मोडलिङ र लाईभ प्रस्तुति सम्मका विधाहरूमा कलाकारहरू मनोनयनमा परेका छन्।

    उत्कृष्ट मनोनयन (सुचि सहीत)
    तेस्रो बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८२ उत्कृष्ट ३ मनोनयन
    १.सर्बोत्कृष्ट एकल तिज गीत (गायिका) गीत
    क. फुलमायाँ के.सी. – हे आमा
    ख. गीता सेञ्चुरी – दुई दिने जिबनमा
    ग. शशी पुन – गाउन संगी

    २.सर्बोत्कृष्ट तिज गीत (गायिका) भाषा भाषी गीत
    क. सोभा थापा – फेसन वाली जोई
    क. हरीकला सुनार – खै त मयाँ लै
    ग. कृष्णा मल्ल ठकुरी – दुःखी करिम २

    ३.सर्बोत्कृष्ट आधुनिक तिज गीत (गायिका) गीत
    क. सबिता परियार – कपुरी क खरायो ख
    ख. दुर्गा नेपाल – रे.रे.रे.
    ग. कृती सोनाम – छम छम नाच्नलाई

    ४.सर्बोत्कृष्ट मौलिक तिज गीत (गायिका) गीत
    क. देबकला बस्नेत – को आफ्नो को पराई
    ख. सम्झना रनपाल – फर्की हेरेउ नक्कले
    ग. आरती रुचाल – के को दुःख पर्ला र

    ५.सर्बोत्कृष्ट मौलिक तिज गीत (नव गायिका) गीत
    क. खुश्बु सुनार – मै छोरीको करिम
    ख. टिका आले मगर – यसपाली तिजमा
    ग. अञ्जना खड्का – सुनै धितो राखेउ आमा

    ६.सर्बोत्कृष्ट मौलिक तिज गीत (गायक) गीत
    क. राज कुमार रायमाझी – यसपाली तिजमा
    क. भिमसेन खतिवडा – यो तिजमा भाईरल हुनी हो
    ग. नवराज काप्री – कुखुरीले फुल पार्यो

    ७.सर्बोत्कृष्ट तिज गीत (गायिका) गीत
    क. सिता राना – आहा मेरो राजै
    ख. प्रतिक्षा वाग्ले – लुती
    ग. हिमा राना मगर – बर्त मायाँलु

    ८.सर्बोत्कृष्ट तिज गीत (गायक) गीत
    क. उज्जवल गीरी – कोठी गालैमा
    ख. धिरज खत्री – गाजलु आँखा
    ख. गुरु प्रसाद अधिकारी – कचकचे पोई

    ९.सर्बोत्कृष्ट तिज गीत (नव गायिका) गीत
    क. सिमा नेपाली – मै छोरीलाई गाह्रो भो
    ख. रजनी थापा – गाजलु आँखा
    ग. पार्वती तिमल्सेना – हे बुढा

    १०.सर्बोत्कृष्ट तिज गीत (नव गायक) गीत
    क. लोकेन्द्र थापा – सुन मेरी सै
    ख. शिब थापा क्षेत्री – फर्कि आउ गाउँमा
    ग. गोबिन्द परियार – टिकुली

    ११.सर्बोत्कृष्ट तिज गीत (शब्द संकलक) गीत
    ख. रमेश पाल्पाली – अबिरल आँखा मारी मारी
    क. भिमसेन खतिवडा – यो तिजमा भाईरल हुनी हो
    ग. टि.आर. पौडेल – मै छोरी अभागीनी

    १२.सर्बोत्कृष्ट तिज गीत (लय संकलक) गीत
    क. शक्ति चन्द – अभागी करिमै
    ख. राशी रिजाल – दुःखी करिम २
    ग. अनमोल वली – दाजु बैनी

    १३.सर्बोत्कृष्ट तिज गीत (निर्देशक) गीत
    क. प्रदिप कुमार रसाईली – आउन संगी
    ख. पंकी सुरज – टिकीया टल टल
    ग. दिलिप राई – सुन मेरी सै

    १४.सर्बोत्कृष्ट तिज गीत (मोडल पुरुष) गीत
    क. अभिषेक खड्का – नक्कले भेना ४
    ख. धिरज खत्री – छड्के तिलहरी
    ग. प्रकास कंडेल – मनमा पिर नहुनी

    १५.सर्बोत्कृष्ट तिज गीत (मोडल महिला) गीत
    क. रबिना भण्डारी – झापाली कान्छी
    ख. झरना नेपाल – बजाईदेउ मादलु
    ग. तुलसी सापकोटा – रहरैमा
    ग. कबिना श्रेष्ठ – गाजलु आँखा

    १६.सर्बोत्कृष्ट लाईभ तिज गीत (गायक/ गायिका)
    क. शिब शर्मा
    ख. सिता चन्द
    ग. राम परियार

    १७.बर्षको सर्बोत्कृष्ट तिज गीत (बाध्यबादन) गीत
    क. शिसिर परियार (सहनाई) – आईन आमा
    ख. मन बा.परियार – घोप्टे जुङ्गा
    ग. समिर जैरु – सुनको औठी

    १८.बर्षको सर्बोत्कृष्ट तिज गीत (संगीत संयोजन) गीत
    क. सुनिल परियार – चोली फाटेको
    ख. सुदिप सागर – पल्कायर गयो
    ग. हेमराज डाँगी -सारी सरक्कै

    कार्यक्रममार्फत नेपाली मौलिक तिज संस्कृतिको प्रवर्द्धनसँगै प्रतिभाशाली स्रष्टाहरूलाई सम्मानित गर्ने उद्देश्य राखिएको आयोजक संस्थाले जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech