काठमाडौं: शुक्रबारदेखि दुई नेपाली फिल्म ‘सिटामोल’ र ‘मोहर’ देशभरका सिनेमा हलमा प्रदर्शनमा आएका छन्। साथै, हलिउड फिल्म ‘Weapons’ पनि आजबाट नेपालमा रिलिज भएको छ।
‘सिटामोल’मा सौगात मल्ल र बेनिशा हमाल मुख्य भूमिकामा छन्। राजबहादुर साने निर्देशित फिल्म एक पूर्व माओवादी कमाण्डरको जीवन संघर्षमा आधारित सामाजिक कथामा केन्द्रित छ।
त्यस्तै, ‘मोहर’ले देउकी प्रथाको नाममा हुने बाल हिंसा र सामाजिक अन्यायको कथा बोकेको छ। ओम प्रतिक निर्देशित फिल्ममा पल शाह, बेनिशा हमाल र नीति शाहको प्रमुख भूमिका छ। फिल्मलाई सामाजिक–थ्रिलर श्रेणीमा राखिएको छ।
दुवै फिल्मले टिजर, ट्रेलर र गीतमार्फत दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइसकेका छन्। निर्माण पक्षले हलमा पनि दर्शकको राम्रो उपस्थिति हुने अपेक्षा गरेका छन्।
यससँगै हलिउड फिल्म ‘Weapons’ पनि शुक्रबारदेखि नेपालभर प्रदर्शनमा आएको छ।
-
सुमन परियार र मेनुका सोनीको ‘डिप्रेसन’ सार्वजनिक, प्रेम धोका र मानसिक पीडाको कथा
-
किन आयो युवा नेता मुकुन्द सिलवालको राजिनामा
-
कागभुसुण्डे मन्दिरमा धार्मिक एवं सांस्कृतिक कागबेनी मेला हुने
-
मानुङकोटको प्रेमकथामा आधारित बद्री सापकोटा र अमृत अधिकारीको ‘मानुङकोटैमा’ सार्वजनिक
-
लोक दोहोरी क्षेत्रमा जम्दै हरिचन्द्र भट्ट क्षेत्री