काठमाडौं – नेपाली चलचित्र ‘रिमै’ की प्रमुख नायिका रिश्मा गुरुङ अमेरिका बसाइ सकेर नेपाल फर्किएकी छन्। फिल्म निर्माण टिमका अनुसार ‘रिमै’ को शीर्ष गीत भोली सार्वजनिक हुँदैछ।
खिलबहादुर गुरुङको निर्देशनमा बनेको यो चलचित्र आगामी भदौ २० गतेदेखि देशभर प्रदर्शनमा आउने भएको हो। फिल्ममा दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा, गौमाया गुरुङ, बुद्धि तामाङ, माओत्से गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ।
फिल्मको कथा एक लाहुरेले गाउँ फर्किएपछि सुरु हुने घटनाक्रममा आधारित छ। दयाहाङ राईले विदेशिएका लाहुरेको भूमिका निर्वाह गरेका छन् भने रिश्मा गुरुङ गाउँकी युवती धनरुपाको भूमिकामा देखिनेछिन्। चलचित्रले माथिल्लो गोरखाको प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति र ग्रामीण जीवनशैलीलाई पर्दामा उतार्ने प्रयास गरेको निर्माण टिमको भनाइ छ।
‘कबड्डी’ फिल्म श्रृंखलामा रुचाइएको दयाहाङ र रिश्माको जोडी पुनः एउटै फ्रेममा देखिन लागेको यो चलचित्र दर्शकका लागि थप आकर्षण बन्ने अनुमान गरिएको छ।
गोर्खा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको ‘रिमै’ अहिले दर्शकमाझ निकै चर्चा कमाइरहेको छ। निर्माण टिमले चलचित्रले सम्पूर्ण नेपाली दर्शकको मन जित्ने विश्वास व्यक्त गरेको छ।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
जेनजी आन्दोलनको एक वर्ष : उतारचढाव, स्थिरता र समृद्धिको नयाँ बाटो
-
दोहोरी गीत प्रतिष्ठान उपत्यका समितिद्वारा संगीत प्रशिक्षण कक्षा शुभारम्भ
-
भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा राष्ट्रिय लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कमा दीप प्रज्वलन