logo

आइतबार, साउन ११ २०८२

kantipurpationlinetv

२०८२ साउन ११ आइतबार

भाटभटेनी सुपर मार्केटका सञ्चालक मनकारी गुरुङद्वारा शिक्षण अस्पताललाई भवन हस्तान्तरण

भाटभटेनी सुपर मार्केटका सञ्चालक मनकारी गुरुङद्वारा शिक्षण अस्पताललाई भवन हस्तान्तरण


  • मंगलबार, असार ३१ २०८२
  • 2.6K
    SHARES

    काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ र साबित्री गुरुङको सहयोगमा निर्माण गरिएको शिक्षण अस्पतालको विस्तारित सेवा भवन सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।
    त्रिवि शिक्षण अस्पतालको ४३औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा भवन हस्तान्तरण गर्दै प्रधानमन्त्री ओलीले गुरुङ दम्पतीको सामाजिक उत्तरदायित्व भावनाको प्रशंसा गरे ।

    मनकारी मीनबहादुर गुरुङले दुःख गरेर कमाएको धन समाजसेवामा लगाउन पाउनु गौरवको विषय भएको बताए । सरकारको ‘निरोगी नेपाल’ अभियानलाई सहयोग पुर्‍याउने उद्देश्यसहित भाटभटेनीले स्वास्थ्य क्षेत्रमा गरेको योगदान सकारात्मक उदाहरणको रूपमा प्रस्तुत गरिएको छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech