logo

बुधबार, साउन १३ २०८३

kantipurpationlinetv

२०८३ साउन १३ बुधबार

‘मेरो डान्स युनिभर्स’ विजेता रिस्ता गुरुङको म्युजिक भिडियोमा डेब्यू

‘मेरो डान्स युनिभर्स’ विजेता रिस्ता गुरुङको म्युजिक भिडियोमा डेब्यू


  • सोमबार, भाद्र १५ २०८२
  • 56K
    SHARES

    काठमाडौं, भदौ १५ – रियालिटी शो ‘मेरो डान्स युनिभर्स’ सिजन–२ की विजेता रिस्ता गुरुङले अभिनयको दुनियाँमा पाइला टेकेकी छन्। नृत्यमार्फत दर्शकको मन जितेकी पोखराकी रिस्ताले हालै सार्वजनिक एक म्युजिक भिडियोमार्फत आफ्नो कलात्मक यात्रा नयाँ मोडमा अघि बढाएकी हुन्।

    हङकङबाट प्रतियोगितामा प्रतिनिधित्व गरेकी रिस्ताले सशक्त नृत्य प्रस्तुतिहरूका आधारमा उपाधि जितेकी थिइन्। अब उनले अभिनयको सुरुवात चर्चित गायक मौसम गुरुङ र गायिका देवी धर्तीको स्वरमा रहेको गीतमार्फत गरेकी हुन्।

    भिडियोमा रिस्ताले चर्चित कलाकार आनन्द गुरुङसँग स्क्रिन सेयर गरेकी छन्। यस्तै, जुना गुरुङ, रिना गुरुङलगायतका कलाकारहरूको समेत उपस्थिति रहेको छ।

    गीतको संगीत मौसम गुरुङले भरेका हुन् भने शब्द रचना रमेश बिजीले गरेका हुन्। भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका हुन् भने निर्देशन तथा कोरियोग्राफी उमेश गुरुङले गरेका छन्। भिडियोको निर्माण **‘खुसी इभेन्ट्स’**ले गरेको हो।

    नृत्यमार्फत आफ्नो प्रतिभा चिनाइसकेकी रिस्ताले अभिनय यात्रा पनि सशक्त रूपमा सुरु गरेसँगै उनी नेपाली मनोरञ्जन उद्योगमा बहुआयामिक प्रतिभाका रूपमा उभिन सक्ने संकेत देखिएकी छन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page