काठमाडौं । रुविभ्याली ट्रेकिङ्ग रुटको प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको म्यूजिक भिडियो घुमौं रुविभ्याली सार्वजनिक गरिएको छ । हिमालयन सोसिएल जर्नीका अध्यक्ष एवं सफल पर्यटन व्यवसायी रामप्रसाद सापकोटाको रचना,परिकल्पना र निर्माणमा बनेको म्यूजिक भिडियोले रुविभ्यालीको सुन्दर दृष्यलाई कथानक शैलीमा प्रस्तुत गरेको छ । पर्वतीय क्षेत्रका मानिसलाई सहयोग गर्ने उद्देश्यले स्थापित हिमालयन कम्युनिटी प्रोजेक्ट (ट्रस्ट)ले यो गीत निर्माण गरेको हो ।
ट्रस्टको औपचारिक घोषणासँगै पहिलो प्रोजेक्टको रुपमा रुविभ्यालीको कला, संस्कृति र पर्यटकीय सुन्दर थलोलाई प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ घुमौं रुविभ्याली म्यूजिक भिडियो निर्माण गरिएको ट्रस्टका अध्यक्ष समेत रहेका सापकोटाले जानकारी दिनुभयो । म्यूजिक भिडियोको सार्वजनिक गर्दै साहित्यकार नवराज लम्सालले यो गीतले सिंगो रुविभ्यालीको चित्रण गरेको बताए । आफू धादिङ्गवासी भएपनि यो गीत हेर्दा रुविभ्याली क्षेत्रको बारेमा अझै धेरै जानकारी प्राप्त भएको उनले बताए ।

वास्तविक धादिङ्ग त छायाँमा परेको रहेछ भन्दै उनले धादिङ्गको बहुआयामिक विशेषतालाई प्रचार–प्रसार गर्न सबैलाई आग्रह गर्नु भयो । सञ्चारकर्मी ऋषि धमलाले धादिङ जिल्लामा रहेको रुविभ्यालीले विश्वभरका पर्यटकहरुलाई आकर्षित गर्ने बताए । विवेक सापकोटाले निर्देशन गरेको म्यूजिक भिडियोलाई अल थ्री मिडिया घरले उत्पादन गरेको हो । सुधिर श्रेष्ठ र सगुन थापाले अभिनय गरेका यो म्यूजिक भिडियो ओएसआर डिजिटल युट्युव च्यालन मार्फत प्रसारण गरिएको छ ।
हेर्नुस् भिडियो :
-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
गोरखामा बाबुराम आबद्ध प्रलोपाद्वारा कांग्रेसलाई समर्थन
-
भ्रमपूर्ण प्रचारप्रति तरुण दल नुवाकोटको आपत्ति