logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल–जापान शाखाको अध्यक्षमा समुद्रराज पौडेल

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल–जापान शाखाको अध्यक्षमा समुद्रराज पौडेल


  • सोमबार, मंसिर १५ २०८२
  • 9.1K
    SHARES

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल–जापान शाखाको चौथो अधिवेशन आज सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनबाट समुद्रराज पौडेललाई शाखा अध्यक्षमा निर्विरोध चयन गरिएको हो।

    उक्त अधिवेशनमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका सचिव रामकृष्ण बम मल्ल, प्रतिष्ठानका केन्द्रीय सदस्य सूर्य खड्का, प्रतिष्ठान जापानका संस्थापक अध्यक्ष युवराज आचार्य सहित संस्थाका पदाधिकारी, सल्लाहकार, सदस्य तथा जापानस्थित नेपाली समुदाय,  विभिन्न संघ–संस्था, सामाजिक व्यक्तित्व, पत्रकार, कलाकार तथा कला–प्रेमी शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    निर्वाचित कार्यसमितिमा अध्यक्षमा समुद्रराज पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै प्रथम उपाध्यक्षमा सोना केसी, द्वितीय उपाध्यक्षमा प्रेम कुमार बस्नेत, महिला उपाध्यक्षमा शिवा केसी, सचिवमा अर्जुन सुवेदी, सह–सचिवमा दिपक कडेल सफल, कोषाध्यक्षमा बिशाल क्षेत्री, सह–कोषाध्यक्षमा विष्णु हरी कडेल, सदस्यहरू –बाला दुरा, मेघराज सापकोटा, गोकुल सापकोटा, सुरेन्द्र लाम्गाडे, तुल्सा सापकोटा, रेशम सुनार, सृजना कुबर, रबिन देवकोटा, दुर्गेश कार्की, राम शरण रसाइली, विवेक काफ्ले (विकास), जुना गौतम, तेजेन्द्र भण्डारी रहेका छन् ।

    नवनिर्वाचित कार्यसमितिलाई केन्द्रीय अध्यक्ष रिता थापा मगरले हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छिन्।

    कार्यक्रममा निवर्तमान अध्यक्ष महेन्द्र न्यौपानेको नेतृत्वमा पूर्ण भएको कार्यकालको प्रशंसा गर्दै नयाँ नेतृत्वले धन्यवाद व्यक्त गरेको छ।

    अध्यक्षमा निर्वाचित भएपछि समुद्रराज पौडेलले संस्थाप्रतिको विश्वासका लागि आभार व्यक्त गर्दै पारदर्शिता, भातृत्व, सहकार्य र सेवालाई आधार मानेर संस्था अगाडि बढाइने प्रतिबद्धता जनाएका छन्।

    अधिवेशन सफल बनाउन भूमिका निभाउने सम्पूर्ण सदस्य, उप–समितिहरू, अतिथि, सहयोगी तथा शुभेच्छुकप्रति उनले हार्दिक धन्यवाद व्यक्त गरेका छन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page