
काठमाडौँ । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो सिजनका लागि कर्णाली यसभिएसले महानायक राजेश हमाललाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा अनुबन्धित गरेको छ ।
कर्णाली यसभिएसका व्यबस्थापक लोकेन्द्र गिरी र अभिनेता हमालबीच शनिबार सम्झैता पत्रमा हस्तक्षर भएको हो । कर्णाली यसभिएसले अभिनेता हमाल जस्तो दिग्गज व्यक्तिलाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा पाउनु गौरवको कुरा भएको बताए ।
त्यस्तै महानायक हमालले कर्णाली यसभिएसले नेपाली महिला खेलाडीहरुलाई हौसला प्रदान गर्ने अवसर दिनु भएकोमा खुशी व्यक्त गरे । हमालले आँफुले पनि जिवनका विभिन्न चरणमा भलिवल खेलेको स्मरण गर्दै भने भलीवल एउटा राष्ट्रिय खेल हो । यसका माध्यमबाट हाम्रा चेलीहरुले विश्वमा एउटा छुट्टै स्थान बनाउन सक्नेछन् । हमालले गत वर्षको च्याम्पियन टोली कर्णाली यसभिएसले यो वर्ष पनि बाजी मार्ने विश्वास व्यक्त गरे ।
कर्णाली यसभिएसले बिहिबार मात्रै प्रशिक्षकको रुपमा कुमार राई र मार्की खेलाडी सुमित्रा रेग्मीलाई यो वर्ष पनि निरन्तरता दिएको छ । पहिलो संस्करणको विजेता समेत रहेको कर्णालीले दोस्रो संस्करणमा मार्की खेलाडी सुमित्रा रेग्मीलाई निरन्तरता दिएको हो । दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग ईन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म हुनेछ ।
-
अन्तर्राष्ट्रिय पहिचान: नेपाली क्रिएटर बद्री प्रसाद तिवारीको डान्स भिडियोलाई T-Series ले सेयर गर्यो
-
पुष्कल शर्माको नयाँ तीज गीत ‘श्रीमान’ सार्वजनिक, मौलिकता र भावनाको सुन्दर संगम
-
गायिका शान्तीकुमारी शाही फाउण्डेसनको आजीवन सदस्य बन्दै भक्तजनहरुलाई देउडामा छमछमी नचाइन्
-
जानकी तारामी मगरको नयाँ तीज गीत ‘घैया घैया’ सार्वजनिक, श्रीमान् भगवान थापासँगै भिडियोमा उपस्थित
-
गायक प्रकाश कटुवालको नयाँ गीत ‘जर्सी गाईको दूध’ सार्वजनिक