लोकप्रिय गायक तथा सञ्चारकर्मी सुरज आचार्यको प्रस्तुतिमा तयार भएको नयाँ दोहोरी गीत ‘हेर्छु तिमीतिर’ हालै सार्वजनिक भएको केही समयमै दर्शक तथा श्रोता बीच उत्कृष्ट प्रतिक्रियासहित लोकप्रिय बन्दै गएको छ। गीतलाई केही साताअघि ईश्वर सिंह युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको थियो। सार्वजनिक भएलगत्तै गीतले युट्युबदेखि टिकटकसम्म उल्लेखनीय हेराइ पाउँदै श्रोतामाझ द्रुतगतिको लोकप्रियता कमाइरहेको छ।
पोखरामा रहेर लामो समयदेखि सञ्चार क्षेत्रमा सक्रिय रहेका आचार्य पछिल्ला वर्षहरूमा गीत–संगीतमा पनि उतिकै सफल हुँदै आएका छन्। ‘आमा’ गीतमार्फत सांगीतिक यात्रा सुरु गरेका उनी पछिल्लो समयका व्यस्त तथा चर्चित गायक–सर्जकका रूपमा स्थापित छन्। धेरै गीतहरूमा स्वर दिँदै आएका उनले थुप्रै सिर्जनात्मक गीतहरूको रचना पनि गरेका छन्।
यस गीतमा सुरज आचार्यलाई शान्तिश्री परियारले स्वरमा साथ दिएकी छन्। गीतका शब्द–दीपक अधिकारी, संगीत–ईश्वर सिंह, एरेन्ज–कृष्ण के.सी. द्वारा गरिएको हो।
रेकर्डिङ सुमन राना र खुमन रानाले गरेका हुन्। गीतको मिक्स–मास्टरिङ कुमार रानाले सम्हालेका छन्। गीत स्टुडियो मारुनीमा रेकर्ड गरिएको हो।
गीतको सुगम धुन, भावनात्मक अभिव्यक्ति र सुन्दर प्रस्तुतीकरणका कारण श्रोता–दर्शक यसतर्फ आकर्षित भइरहेका छन्। भिडियोलाई अझ आकर्षक बनाउनेतर्फ कलाकारहरूको योगदान उल्लेखनीय छ।
भिडियोमा आचार्यकी जीवनसंगिनी अस्मीता गौतमको मन छुने अभिनय देख्न सकिन्छ। उनीसँगै सुरेश कोहलीले पनि अभिनयमा साथ दिएका छन्। भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका छन् भने अमृत चापागाईंले सम्पादन तथा रंग संयोजन (एडिट/कलर) गरेका छन्। भिडियोको कोरियोग्राफी तथा निर्देशन प्रविन थापाले सम्हालेका हुन्।
गीतले सामाजिक सञ्जालभर उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ र दर्शक–श्रोताको रोजाइमा परिरहेको छ।
यसै प्रभावका आधारमा ‘हेर्छु तिमीतीर’ पछिल्लो समयको चर्चित तथा सफल दोहोरी सिर्जनामध्ये एक बन्ने देखिएको छ।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा