राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, भारत शाखा चण्डीगढको तेस्रो अधिवेशन शनिबार (डिसेम्बर ७, २०२५) चण्डीगढस्थित डाक्टर अम्बेडकर भवन, सेक्टर–३७ A मा सम्पन्न भएको छ।
अधिवेशनका प्रमुख अतिथि प्रतिष्ठान नेपालका केन्द्रीय महासचिव शिव हमाल रहेका थिए।
विभिन्न नेपाली संघ–संस्था प्रतिनिधिहरूको उपस्थिति रहेको समारोहमा शाखाका निवर्तमान अध्यक्ष ललित गिरीलाई संस्थामा पुर्याएको योगदानका लागि सम्मानसहित बिदाइ गरिएको थियो।
अधिवेशनले सर्वसहमतिमा आउँदो २०२५–२०२८ कार्यकालका लागि अमर ओलीको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
पदाधिकारी सूची
- अध्यक्ष: अमर वली
- प्रथम उपाध्यक्ष: सुमित्रा भुजेल
- द्वितीय उपाध्यक्ष: गोपाल दर्लामी
- महिला उपाध्यक्ष: सिता शर्मा
- महिला सचिव: तिर्था मगर
- सचिव: लाल बिर केसी
- कोषाध्यक्ष: सोभाराम वली
- सह–सचिव: राजेन्द्र मगर
- सह–कोषाध्यक्ष: गंगा बेल्बासे
निर्वाचित सदस्यहरूमा गोविन्द पौडेल, खुमन सिंह, विष्णु तिवारी, ऋषि अंगाई, गंगा वली, माधव पुन मगर, अशोक अधिकारी, भीमप्रसाद शर्मा, प्रेम जि.यम, सारू केसी, हरिस कुमार, गोपाल कुँवर, जगत खड्का, सुन्दरा भुषाल, प्रकाश शर्मा र मोहिनी आर्यल रहेका छन् ।
संरक्षकहरूमा लक्ष्मण न्यौपाने, विक्रम परियार र निवर्तमान अध्यक्ष ललित गिरी रहेका छन् । त्यस्तै सल्लाहकारहरूमा गोपाल शर्मा, हरि खरेल र अमृत पौडेल छन् ।
अधिवेशन स्थानीय कलाकारहरूमार्फत प्रस्तुत गरिएका सांस्कृतिक तथा रंगारंग कार्यक्रमसहित समापन गरिएको थियो।
शाखाले चण्डीगढ तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपालीबीच लोक तथा दोहोरी संस्कृतिको संरक्षण, प्रवर्द्धन र पहिचान बलियो बनाउने लक्ष्यका साथ अधिवेशन सफलतापूर्वक सम्पन्न भएको जनाएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण