logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको मधेश प्रदेश समिति गठन

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको मधेश प्रदेश समिति गठन


  • मंगलबार, मंसिर ३० २०८२
  • 4.9K
    SHARES

    राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको मधेश प्रदेश समिति गठन भएको छ । मधेश प्रदेशका ८ वटै जिल्लाहरुका सञ्चारकर्मीहरुको भेलाले क्षितिज विश्वकर्माको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

    राष्ट्रिय सञ्चारकर्मी नेपालको केन्द्रीय कार्यसमितिको महिला विभाग तथा मधेश प्रदेश ईन्चार्ज सबिता पोखरेलको प्रमुख आतिथ्यता एवं सह ईन्चार्ज विनिता क्षेत्रीको विशिष्ट आतिथ्यतामा कार्यसमिति गठन गरिएको थियो ।

    उद्योग वाणिज्य संघ सर्लाहीको लालबन्दी भएको कार्यक्रममा क्षितिज विश्वकर्माको नेतृत्वमा भएको कार्यसमिति वरिष्ठ उपाध्यक्ष्मा रमेश खत्री, उपाध्यक्षमा सुशीला पोखरेल चौलागाई, सचिवमा प्रफुल्ल मिश्र, सहसचिवमा विनोद ढुंगेल, कोषाध्यक्षमा श्रवण साह, सहकोषाध्यक्षमा मानिक चन्द सह चयन भएका छन् । त्यस्तै कुलदिप दास –प्रचार प्रसार विभाग, आरती सेन्चुरी –महिला विभाग प्रमुख, राजु श्रीवास्तव –प्रवक्ता चयन भए । यसैगरि सदस्यहरुमा सरिता सापकोटा, प्रभु प्रसाद यादव, रामनाच राम, सन्तोष कर्ण, एसएम जगाहस्त ‘गुड्डु’, अस्मिता परियार, अनिल यादव चयन भएका छन् ।

    कार्यक्रममा विशिष्ट अतिथिका रुपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सर्लाही जिल्ला अध्यक्ष महेन्द्र महतो , समाजसेवी तथा उद्योग बाणिज्य संघ, लालबन्दी सर्लाहीका अध्यक्ष महेश महतो, अतिथिहरुमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सर्लाही जिल्लाका उपाध्यक्ष सन्तोष कर्ण , प्रतिष्ठानाका सहसचिव मदन नेपाल लगायतका व्यक्तित्वहरुको उपस्थिति थियो ।

    प्रमुख अतिथिले पोखरेलले २०६५ सालमा स्थापना भएको राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका संस्थापक देखि अहिले संस्था हाकेका चन्द्रमणी गौतम लगायतको योगदानलाई सधैं स्मरण स्मरण गरिनु पर्ने र सम्मान गरिनु पर्ने बताइन् । उनले संस्थामा योगदान पू¥याउने व्यक्तित्वहरुको सम्मानका लागि पनि पत्रकारिताको धर्म निर्वाह गर्न र विधानसंगत हिंड्न आग्रह गरिन् । उनले ‘लोक सञ्चारकर्मीमा सदस्यता लिनेहरुको सञ्चारकर्मीहरुमको दुखमा समेत केन्द्रीय स्तरबाट नै लबिङ गर्ने भन्दै राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले समाजका समाजका समसामयिक संघसंस्थाहरु सबैसँग सहकार्य गर्न सक्ने बताइन्

    । मधेस प्रदेशका लुकेका स्रष्टना सिर्जनालाई अगाडि ल्याउन र भ्रामक एवं अशुद्ध समाचारलाई तोडेर यस सतितिले सत्य समाचार उजागर गर्नेमा उनले विश्वास व्यक्त गरिन् । स्वर सम्राट नारायण गोपालको जन्म काठमाडौको किलागलमा भएको भन्ने अशुद्ध प्रचारलाई सच्याउँदै उनको जन्म सिरहाको भगवानपुरमा भएको तथ्यलाई सबै सामु पु¥याउन यस समितिले पहल गर्नु पर्ने बताउँदै नव गठित समितिलाई बधाई तथा सफलता शुभकामना दिइन् ।

    यस्तै विबिट अतिथि मधेस प्रदेश सह–इन्चार्ज बिनिता कुवँर क्षेत्रीले मधेस प्रदेश शाखा गठन भएकोमा खुशी व्यक्त गर्दै शाखाको नव गठित समितिलाई बधाई दिइन् । यस्तै गरेर कार्यक्रममा उपस्थित सबै विशिष्ट अतिथि अतिथिहरुले राष्ट्रिय लोक सञ्चारकर्मी जस्तो गरिमामय संस्थाले मधेस प्रदेशमा शाखा गठन गरेकोमा खुशी व्यक्त गर्दै बधाई दिएका थिए ।

    कार्यक्रमका अध्यक्ष तथा मधेस प्रदेश शाखाका अध्यक्ष क्षितिज विश्वकर्माले आफु अध्यक्ष बनेकोमा सबै पदाधिकारीलाई धन्यवाद दिए । उनले संस्थाको गरिमालाई यस शाखाले अझ बढाउने विश्वास व्यक्त गरे । अध्यक्ष विश्वकर्माले धेरै मिडिया र सञ्चारकर्मी भएको क्षेत्रमा शाखाको आवश्यकता महशुष गर्ने केन्द्रीय समितिलाई धन्यवाद दिए । कार्यक्रमलाई नारायणी विश्वकर्मा (आरती सेन्चुरी)ले सन्चालन गरेकी थिइन् ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page