काठमाडौं । चलचित्र गोबर गणेशको शीर्ष गीत सार्वजनिक भएको छ । ‘गोबर गणेश’ बोलको गीतमा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)को स्वर छ भने शब्द तथा संगीत बाबुल गिरीको रहेको छ।
रमाइलो शैलीको गीतले सिनेमाको कमेडी मुड र कथाको संकेत दिन्छ। पढाइ कमजोर हुँदा आत्मविश्वास र सामाजिक सम्बन्धमा पर्ने असरलाई गीतले प्रस्तुत गरेको छ।
गीतको भिडियोमा मरिचमान श्रेष्ठ केन्द्रमा छन् भने वर्षा शिवाकोटी र निर्मल शर्मा पनि देखिएका छन्। भिडियोको कोरियोग्राफी गम्भीर विष्टले गरेका हुन्।
मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)द्वारा निर्देशित चलचित्र माघ १ गते रिलिज हुँदैछ। छायांकन सकिएको फिल्म हाल पोस्ट–प्रोडक्सनमा छ।
बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा बनेको यस चलचित्रमा विनोद न्यौपाने, बुद्धि तामाङ, विशाल पहाडी, पुजन घिमिरे (पुकु), स्वस्तिका लामिछानेलगायत कलाकारको अभिनय छ।
चलचित्रको छायांकन शिवराम श्रेष्ठ, सम्पादन विपीन मल्ल, बीजीएम योगेश काजी शाहको छ। डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ भने वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण