काठमाडौँ । छोटो समयमै नेपाली गीत सङ्गीत क्षेत्रमा सर्वाधिक चर्चा कमाउन सफल गायिका रेखा पोखरेल काठमाडौँमा सम्पन्न ‘नवौँ राष्ट्रिय रापति म्युजिक अवार्ड–२०२५’ समारोहबाट उत्कृष्ट नव गायिका विधामा अवार्ड हात पार्न सफल भएकी छन्।
वरिष्ठ हास्यकलाकार मदन कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भवन, भृकुटीमण्डपमा सम्पन्न कार्यक्रममा पोखरेलले आफ्नो चर्चित गीत ‘माया साह्रै छ’ मार्फत उक्त अवार्ड प्राप्त गरेकी हुन्।
उक्त विधामा पोखरेलसँग अनु देवान, सङ्गीता चौधरी, दीक्षा रसाइली र निर्मला देवी बस्नेत प्रतिस्पर्धामा थिए। छोटो समयमै चम्किलो ताराको रूपमा स्थापित पोखरेलका ‘भाग्यमा श्री छ’, ‘देखाउनलाई हैन माया’ र ‘माया साह्रै छ’ लगायतका गीतहरू दर्शक–स्रोतामाझ लोकप्रिय छन्।
अवार्ड ग्रहणपछि गायिका पोखरेलले यस सम्मानले आफूमा अझ जिम्मेवारी थपिएको महसुस भएको प्रतिक्रिया दिएकी छन्।

-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण