काठमाडौँ । छोटो समयमै नेपाली गीत सङ्गीत क्षेत्रमा सर्वाधिक चर्चा कमाउन सफल गायिका रेखा पोखरेल काठमाडौँमा सम्पन्न ‘नवौँ राष्ट्रिय रापति म्युजिक अवार्ड–२०२५’ समारोहबाट उत्कृष्ट नव गायिका विधामा अवार्ड हात पार्न सफल भएकी छन्।
वरिष्ठ हास्यकलाकार मदन कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भवन, भृकुटीमण्डपमा सम्पन्न कार्यक्रममा पोखरेलले आफ्नो चर्चित गीत ‘माया साह्रै छ’ मार्फत उक्त अवार्ड प्राप्त गरेकी हुन्।
उक्त विधामा पोखरेलसँग अनु देवान, सङ्गीता चौधरी, दीक्षा रसाइली र निर्मला देवी बस्नेत प्रतिस्पर्धामा थिए। छोटो समयमै चम्किलो ताराको रूपमा स्थापित पोखरेलका ‘भाग्यमा श्री छ’, ‘देखाउनलाई हैन माया’ र ‘माया साह्रै छ’ लगायतका गीतहरू दर्शक–स्रोतामाझ लोकप्रिय छन्।
अवार्ड ग्रहणपछि गायिका पोखरेलले यस सम्मानले आफूमा अझ जिम्मेवारी थपिएको महसुस भएको प्रतिक्रिया दिएकी छन्।

-
सुमन परियार र मेनुका सोनीको ‘डिप्रेसन’ सार्वजनिक, प्रेम धोका र मानसिक पीडाको कथा
-
किन आयो युवा नेता मुकुन्द सिलवालको राजिनामा
-
कागभुसुण्डे मन्दिरमा धार्मिक एवं सांस्कृतिक कागबेनी मेला हुने
-
मानुङकोटको प्रेमकथामा आधारित बद्री सापकोटा र अमृत अधिकारीको ‘मानुङकोटैमा’ सार्वजनिक
-
लोक दोहोरी क्षेत्रमा जम्दै हरिचन्द्र भट्ट क्षेत्री