काठमाडौँ । छोटो समयमै सामाजिक सञ्जाल र नेपाली गीत सङ्गीत क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल टिकटक स्टार तथा समाजसेवी अशुंबर्मा काठमाडौँमा सम्पन्न ‘नवौँ राष्ट्रिय रापति म्युजिक अवार्ड–२०२५’ समारोहबाट ‘बेस्ट पब्लिक च्वाइस’ अवार्ड हात पार्न सफल भएका छन्।
वरिष्ठ हास्यकलाकार मदन कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भवन, भृकुटीमण्डपमा सम्पन्न कार्यक्रममा अशुंबर्माले आफ्नो गीत ‘सिन्दुर फेर्न मिल्छ’ मार्फत दर्शक तथा स्रोताको अत्यधिक समर्थनका आधारमा उक्त अवार्ड प्राप्त गरेका हुन्।
छोटो समयमै लोकप्रियता हासिल गरेका अशुंबर्मा संगीतसँगै सामाजिक सेवामा समेत सक्रिय रहँदै आएका छन्। उनले अवार्ड प्राप्त गरेपछि यस सम्मानले आफूलाई अझ जिम्मेवार र गुणस्तरीय सिर्जनातर्फ अघि बढ्न प्रेरणा मिलेको बताएका छन्।
-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
गोरखामा बाबुराम आबद्ध प्रलोपाद्वारा कांग्रेसलाई समर्थन
-
भ्रमपूर्ण प्रचारप्रति तरुण दल नुवाकोटको आपत्ति