गोर्खा जिल्लाका प्रतिभाशाली गायक पवनश्री परियारको नयाँ दोहोरी गीत कोसेली ‘भकारी चोयाले’ युट्युबमार्फत सार्वजनिक भएको छ। लोक दोहोरीको मौलिक स्वाद बोकेको यो गीतले सार्वजनिक भएको छोटो समयमै दर्शक–श्रोताको ध्यान तान्न सफल देखिएको छ।
गीतमा गायक पवनश्री परियारसँगै गायिका अन्जना गुरुङको मधुर स्वर सुन्न सकिन्छ। गीतको लय तथा शब्द रचना सन्तोष थापा र स्वयं पवनश्री परियारले गरेका हुन् भने कृष्ण केसीले संगीत संयोजन गरेका छन्। गीतको रेकर्डिङ डाइनामिक स्टुडियोमा गरिएको हो।
भुपेन्द्र रानाको कथा तथा निर्देशनमा तयार गरिएको म्युजिक भिडियोको छायाङ्कन विरेन्द्र परियारले गरेका हुन् भने भिडियो सम्पादन अनिल बिष्ट प्युठानीले गरेका छन्। म्युजिक भिडियोमा गायक पवनश्री परियारसँगै राजकुमार परियार, दिया मगरलगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ। गीतको म्युजिक भिडियोमा प्रेमी–प्रेमिकाबीचको माया–प्रेम, भावना र आत्मीयतालाई सशक्त ढङ्गले प्रस्तुत गरिएको छ।
भिडियो गोरखा जिल्लाको पालुङ्टार नगरपालिकाभित्र रहेका विभिन्न रमणीय धार्मिक, पर्यटकीय तथा ऐतिहासिक स्थलहरूमा छायाङ्कन गरिएको हो, जसले गीतसँगै स्थान विशेषको सौन्दर्य पनि उजागर गरेको छ।
पछिल्लो समय पवनश्री परियार लाइभ दोहोरी क्षेत्रमा पनि निकै सक्रिय हुँदै गएका छन्। उनले नेपालका चर्चित गायिकाहरूसँग प्रत्यक्ष दोहोरी गाइसकेका छन् भने विभिन्न मेला–महोत्सवमा समेत व्यस्त देखिन्छन्। निरन्तरको मेहनत र मौलिक प्रस्तुतिका कारण पवनश्री परियार लोकदोहोरी क्षेत्रका उदीयमान गायकका रूपमा चिनिन थालेका छन्।
‘कोसेली भकारी चोयाले’ गीतले दर्शक–श्रोताबाट राम्रो साथ पाउने अपेक्षा गरिएको छ भने गीतले गोरखाको पहिचान र लोकसंस्कृतिलाई थप उजागर गर्ने विश्वास गरिएको छ। ‘भकारी चोयाले’ भिडियो पवनश्री परियारको अफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।
-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
भ्रमपूर्ण प्रचारप्रति तरुण दल नुवाकोटको आपत्ति
-
नेपाली काङ्ग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीद्वारा घोषणा–पत्र सार्वजनिक