logo

शुक्रबार, जेष्ठ २९ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ २९ शुक्रबार

गीतसंगीतभित्रको विकृतिलाई रोक्न गीतकार संघ नेपालको अपिल

गीतसंगीतभित्रको विकृतिलाई रोक्न गीतकार संघ नेपालको अपिल


  • शुक्रबार, साउन २ २०८२
  • 6.7K
    SHARES

    काठमाडौं । गीतकार संघ नेपालले पछिल्लो समय बजारमा देखिएको विकृति र विसंगीतविरुद्ध आवाज उठाउँदै सम्बन्धित क्षेत्रमा क्रियाशील रहेका सबैमा ध्यानाकर्षण गरेको छ । संघका अध्यक्ष बसन्त वित्यासी थापाद्वारा हस्ताक्षरित ध्यानाकर्षण तथा अपिल पत्रमार्फत संघले बजारमा देखिएको विकृतिलाई सेल्फ सेन्सरसीप गर्दै सभ्य ढंगले प्रस्तुत हुन अपिल गरेको छ । ध्यानाकर्षण पत्रमा लेखिएको छ – ‘नेपाल आफ्नै मौलिक कला, साहित्य र सांस्कृतिको विशेषता बोकेको देश हो । हाम्रो आफ्नै मौलिक परम्परा तथा विविधता छन् । परम्परा, संस्कृति र विविधता नै देशको पहिचान हुन् । त्यसैले कुनै पनि देशको पहिचान मेटाउन सांस्कृतिक अतिक्रमण हुने गर्दछ । भाषा र संस्कृति माथि अतिक्रमण हुदै जाँदा एक समय यस्तो आउँछ कि देशको आफ्नो मौलिकपन केहि रहँदैन र अन्तमा देशको पहिचान नै गुम्न जान्छ । नेपाली जनजनको भावना, दुःख–सुख, संघर्ष र प्रेमलाई कलात्मक ढङ्गले अभिव्यक्त गर्ने गीतहरूले नेपाली समाजको वैभव र विकासमा महत्वपुर्ण योगदान पु¥याउँदै आएको कुरा सबैमा सर्वविधितै छ । तर पछिल्लो समयमा गीत सङ्गीतको विकृति, विसङ्गती प्रति गीतकार सङ्घ नेपालको गम्भीर ध्यानाकर्षण भएको कुरा जानकारी गराउँदछौं ।

    हामी सबैलाई अवगत भएकै कुरा हो गीतले समाज रुपान्तरणमा तिब्र प्रभाव पार्दछ । समाजका जुनसुकै वर्गका स्रोताले गीत सुन्ने, गुनगुनाउने र आफ्नो तरिकाले गीतलाई आत्मसात गर्ने गर्दछन् । तर पछिल्लो समयमा नेपाली साङ्गीतिक क्षेत्रमा गीत सङ्गीत मार्फत भए गरेको सांस्कृतिक विचलन, दुषित प्रभाव, गैर जिम्मेवार लेखन तथा सम्पादनका कारण श्रव्य दृश्यको रुपमा नेपाली सामाजिक मर्यादा माथि नै खलल पु¥याउने कार्य भएको हुनाले यस प्रकारको विकृतिजन्य कार्यलाई पहिले आफै मूल्याङ्कन (सेल्फ सेन्सरसिप) गरि सच्चिन तथा यसलाई नियमन गरि स्वस्थ्य गीत सङ्गीतको विकासको लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गर्न गीतकार सङ्घ नेपाल हार्दिक अपिल गर्दछ ।’
    गीतको जननी गीतकार नै भएको हुनाले यसप्रति अनुशासित रहि गीत सिर्जना गर्नसमेत संघले आग्रह गरेको छ । गीतसंगीतको पहिलो विधाका रुपमा रहेका गीत सिर्जनालाई नै पहिलो प्राथमिकतामा राखेर गीतसंगीत बजारमा आउने हुँदा यस्तो विशिष्ट विधालाई फोहोरी नबनाउन समेत संघका अध्यक्ष थापाले आग्रह गरेका छन् । नेपालीहरुको मौलिक चाडपर्वहरु नजिकिँदै गर्दा भद्दा अश्लिल शैलीका गीतहरु बजारमा आएको भन्दै विभिन्न संघ संस्थाहरुले आवाज उठाइरहेको बेला संघले ध्यानाकर्षण जारी गर्दै आफ्ना सदस्य एवं गीतकारहरुलाई सचेत रही सिर्जना गर्न आग्रह गरेका हो ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page