logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

बालकुमार श्रेष्ठको ‘आमा-२’ सार्वजनिक: आमाको यादमा बनेको गीत छायो दोहोरी क्षेत्रमा

बालकुमार श्रेष्ठको ‘आमा-२’ सार्वजनिक: आमाको यादमा बनेको गीत छायो दोहोरी क्षेत्रमा


  • सोमबार, पुष २७ २०८२
  • 16.6K
    SHARES

    लोकदोहोरी क्षेत्रमा चर्चित गायक तथा सर्जक बालकुमार श्रेष्ठले आफ्नो जीवन कहानीमा आधारित नयाँ गीत ‘आमा-२’ सार्वजनिक गरेका छन्। गीत हाल भगवानको घरमा सांगीतिक बजारमा आएको छ।

    बालकुमारको कलाकारिता प्रारम्भिक समयमै उनको आमाको निधनले गहिरो प्रभाव पारेको थियो। करिब तीन वर्ष अघि उपचारको क्रममा अस्पतालमा उनका आमा गुमिएकी थिइन्। उनले सधैं आमालाई आफ्ना सफलताका साथ जोड्ने सपना देखेका थिए, तर त्यो अधुरै रह्यो। आमाको सम्झनामा उनले पहिलो गीत ‘आमा’ तयार पारेका थिए, जसले उनको जीवनमै ठूलो प्रभाव पारेको थियो।

    हाल बालकुमार दोहोरी क्षेत्रमा सबैभन्दा चिनिएका गायक तथा सर्जकमा पर्न थालेका छन्। उनी इनेपाल रोधीघर जस्तो चर्चित कार्यक्रममा संचालक तथा निर्माता समेत हुन्।

    ‘आमा-२’ गीतमा बिरही कार्कीको संगीत रहेको छ भने बालकुमार श्रेष्ठकै शब्द छन्। गीतमा आमाको पीडा, अभाव र प्रेमलाई भावुक तरिकाले प्रस्तुत गरिएको छ। गीतमा गरिबीले भोगेको अभाव, आमालाई दिन नसकिएको सुख, र सपनामा आमालाई सम्झेर रुँदै उठ्ने भाव व्यक्त गरिएको छ।

    गीतको भिडियोमा बिनोद श्रेष्ठ र रमा थपोलियाको प्रमुख भूमिका रहेको छ भने सुस्मिता क्षेत्री र कमल सरगमले सहायक भूमिका निभाएका छन्। निर्देशन बिष्णु शर्माले गरेका छन् भने प्रस्तुतकर्ता राजन क्षेत्री हुन्।

    बालकुमारको नयाँ गीत ‘आमा-२’ले पछिल्लो समय दोहोरी क्षेत्रमा मौलिक गीतको खडेरी महसुस भएको समयमा संगीत प्रेमीमा खुसीको लहर ल्याएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page