logo

बिहिबार, चैत्र ४ २०८२

kantipurpationlinetv

२०८२ चैत्र ४ बिहिबार

शपथ हुने छाँटकाँट देखिएन, किताब बेच्छु, गाह्रो पिरो नमान्नुहोला : महावीर

शपथ हुने छाँटकाँट देखिएन, किताब बेच्छु, गाह्रो पिरो नमान्नुहोला : महावीर


  • बिहिबार, चैत्र ४ २०८२
  • 4.3K
    SHARES

    काठमाडौं, चैत ५ — म्याग्दीबाट नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुन ले शपथ ग्रहणको टुंगो नलागेको भन्दै पुनः सडक किनारमा पुस्तक बिक्री गर्न थालेका छन्।

    बिहीबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले शपथ ग्रहण कहिले हुने भन्ने अझै स्पष्ट नभएको उल्लेख गरेका छन्। त्यसैले बिहान १० बजेदेखि नदीपुरस्थित बालमन्दिरदेखि करिब ५० मिटर पश्चिम, सिंगापुर क्याफे नजिक आफ्नै आत्मकथाको पुस्तक बिक्री गर्ने बताएका हुन्।

    उनले निर्वाचनपछि म्याग्दीका छवटै पालिकामा पुगेर जनप्रतिनिधि तथा स्थानीयवासीसँग विकास र बजेटसम्बन्धी पहिलो चरणको छलफल सम्पन्न गरेको जानकारी पनि दिएका छन्। व्यंग्यात्मक शैलीमा उनले ‘अब के गरेर बस्ने त?’ भन्ने प्रश्नसमेत उठाएका छन्।

    यसअघि केही दिनअघि धनराज आचार्य ले उनलाई सडकमा नबस्न सुझाव दिएका थिए।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech