काठमाडौं । चर्चित लोकदोहोरी गायक खेम सेन्चुरी र नवगायिका लुमा केसीको आवाजमा रहेको नयाँ गीत ‘नहेर टुलुटुलु…’ सार्वजनिक गरिएको छ।
शुक्रबार आयोजित एक विशेष समारोहका बीच उक्त गीतको भिडियो विमोचन गरिएको हो। कार्यक्रम राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा सम्पन्न भएको थियो।
कार्यक्रममा संस्थाका अध्यक्ष चन्द्रमणि गौतमको सभापतित्व तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका महासचिव शिव हमालको प्रमुख आतिथ्यता रहेको थियो। कलाकारहरुका अभिभावकका रुपमा लिइने पृथ्वी थकाली, लोकदोहोरी व्यवसायी विनोद श्रेष्ठ, गायक खेम सेन्चुरी र गायिका लुमा केसीसहित विभिन्न अतिथिहरुको सहभागिता रहेको थियो ।
विमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिव हमालले नयाँ कलाकार भए पनि गायिका केसीको आवाज शक्तिशाली र सम्भावनायुक्त रहेको बताए। उनले लोकप्रिय गायक सेन्चुरीसँगको सहकार्यले गीत अझ आकर्षक बनेको उल्लेख गरे। साथै, कलाकारबीचको अस्वस्थ प्रतिस्पर्धा र डाह त्यागेर एकअर्कालाई सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए।
त्यसैगरी अध्यक्ष चन्द्रमणि गौतमले आफ्नो संस्थाले मौलिक लोकसंस्कृतिको संरक्षण गर्दै राम्रो गीतहरूलाई प्रोत्साहन गर्दै आएको बताए। उनले यस गीतले पनि मौलिकतालाई सम्मान गरेको धारणा व्यक्त गरे।
लोकदोहोरी व्यवसायी विनोद श्रेष्ठले नयाँ कलाकार उत्पादनमा आफू सक्रिय रहेको बताउँदै यस गीतले पनि सो प्रयासमा थप योगदान दिएको बताए।
गायक खेम सेन्चुरीले गायिका केसी नयाँ भए पनि आवाजमा परिपक्वता रहेको प्रशंसा गर्दै आगामी दिनमा सहकार्य जारी राख्ने इच्छा व्यक्त गरे। त्यस्तै, गायिका लुमा केसीले सेन्चुरीसँग काम गर्न पाउँदा आफू उत्साहित भएको बताइन्।
उक्त गीतमा नेत्र अर्यालको शब्द तथा नन्दु परियारको संगीत रहेको छ। भिडियोको निर्देशन मौसम हिमालीले गरेका छन् भने अभिनयमा पल शाह र प्रिती गुरुङ रहेका छन्। भिडियोको छायांकन बुद्ध थापाले गरेका हुन् भने सम्पादन मनोज कार्कीले गरेका छन्।
गीतको भिडियो गायिका लुमा केसीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
चिरायु डेन्ट केयरका सञ्चालक सागर जोशी विशेष सम्मानित
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण