logo

बुधबार, चैत्र १० २०८२

kantipurpationlinetv

२०८२ चैत्र १० बुधबार

प्रकाश बराईलीको शब्दमा ‘राती भेट्न सपनीमा आउछु’ सार्वजनिक

प्रकाश बराईलीको शब्दमा ‘राती भेट्न सपनीमा आउछु’ सार्वजनिक


  • बुधबार, चैत्र १० २०८२
  • 6.6K
    SHARES

    काठमाडौं : नेपाली सांगीतिक बजारमा नयाँ मर्मस्पर्शी गीत ‘राती भेट्न सपनीमा आउछु’ सार्वजनिक भएको छ। पत्रकार प्रकाश बराईली ‘अभिव्यक्ति’ को शब्द, गायक तथा संगीतकार रमेश बिक्रम रत्नको संगीतमा तयार भएको उक्त गीत हाल सार्वजनिक गरिएको हो।

    गीतमा भिम बहादुर पौडेल र रमिला विश्वकर्माको स्वर रहेको छ। प्रेमी–प्रेमिकाबीच दिनमा भेट्न समाजले बाधा पुर्‍याउने र सपनीमा भेट्ने भावनात्मक कथालाई गीतमा प्रस्तुत गरिएको छ।

    गीतको एरेञ्ज राकेश शोनीले गरेका हुन् भने मिक्सिङ मनोज डंगोलले गरेका छन्। भिडियोको निर्देशन, छायांकन तथा सम्पादन पनि प्रकाश बराईली ‘अभिव्यक्ति’ ले नै गरेका हुन्।

    भिडियोमा सुजन सुर्खेती, आशा विश्वकर्मा, शिव पराजुली र शंकर बरालको अभिनय देख्न सकिन्छ। उक्त गीत प्रकाश बराईली ‘अभिव्यक्ति’ को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech