logo

बुधबार, चैत्र १० २०८२

kantipurpationlinetv

२०८२ चैत्र १० बुधबार

रवि लामिछानेलाई अमेरिकी विशेष दूतको बधाई

रवि लामिछानेलाई अमेरिकी विशेष दूतको बधाई


  • बुधबार, चैत्र १० २०८२
  • 2.1K
    SHARES

    संयुक्त राज्य अमेरिकाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बधाई दिएको छ। दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी विशेष दूत सर्जिओ गोरले लामिछानेलाई टेलिफोन गरी निर्वाचनमा प्राप्त जितका लागि बधाई दिएका हुन्।

    गोरले चैत १० गते फोनमार्फत रास्वपालाई समेत सफलताको शुभकामना दिएका थिए। नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल (फेसबुक) मार्फत जारी गरेको सन्देशमा अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै आर्थिक साझेदारी सुदृढ गर्न र दुई देशबीचको मित्रता अझ गहिरो बनाउन इच्छुक रहेको उल्लेख गरिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech