logo

बिहिबार, चैत्र ११ २०८२

kantipurpationlinetv

२०८२ चैत्र ११ बिहिबार

प्रधानमन्त्री बन्नुअघि बालेनको नयाँ गीत ‘जय महाकाली’ सार्वजनिक

प्रधानमन्त्री बन्नुअघि बालेनको नयाँ गीत ‘जय महाकाली’ सार्वजनिक


  • बिहिबार, चैत्र ११ २०८२
  • 3.5K
    SHARES

    काठमाडौं । प्रधानमन्त्रीको रूपमा शपथ लिनुअघि हिप–हप गायकसमेत रहेका बालेन शाहले बिहीबार आफ्नो नयाँ गीत ‘जय महाकाली’ युट्युबमार्फत सार्वजनिक गरेका छन्।

    राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई संसदीय दलको नेताका रूपमा अनुमोदन गरेको केही घण्टामै उनले गीत सार्वजनिक गरेका हुन्। यसअघि नै तीन वटा गीत ल्याउने तयारीबारे जानकारी दिइएको थियो, जसमध्ये यो पहिलो गीत हो।

    ‘जय महाकाली’ गीतको अडियो करिब ११ वर्षअघि नै सार्वजनिक भएको थियो। सोही गीतलाई पुनः रि–मास्टर गरेर भिडियोसहित प्रस्तुत गरिएको हो। भिडियोमा बालेनको चुनावी प्रचारका दृश्यहरू समावेश गरिएको छ भने गीतमा राष्ट्रिय एकता र देशप्रेमका भाव समेटिएका छन्।

    बाँकी दुई गीत पनि चाँडै सार्वजनिक गरिने तयारी रहेको बालेन निकट स्रोतले जनाएको छ। तीमध्ये सन् २०२१ मा स्पोटीफाईमा आइसकेको त्रिशला गुरुङसँगको ‘माया छ’ र रचना दाहालसँगको ‘सबैलाई हतार छ’ गीत रहेका छन्।

    काठमाडौंका पूर्वमेयर समेत रहेका ३६ वर्षीय बालेन अहिले प्रधानमन्त्री बन्ने तयारीमा छन्। राजनीतिक जिम्मेवारीसँगै उनले सांगीतिक यात्रालाई पनि निरन्तरता दिने संकेत गरेका छन्। उनका ‘बलिदान’ र ‘साभेज’ जस्ता गीतहरू सामाजिक सञ्जालमा निकै चर्चित छन्।

    बालेनले संगीतलाई युवापुस्तालाई देशका गम्भीर मुद्दामा सचेत गराउने माध्यमका रूपमा प्रयोग गर्दै आएको बताउँदै आएका छन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech