लमजुङ — चर्चित लोक तथा दोहोरी गायक, लोक स्वर सम्राट राजु परियार गृह जिल्लामा सम्मानित हुनुभएको छ। घलेगाउँ स्थित घलेगाउँ पर्यटन व्यवस्थापन समिति (स्मार्ट भिलेज) द्वारा आयोजित नवौं स्मार्ट भिलेज आमन्त्रित गोल्ड कप तथा बृहत सांस्कृतिक कार्यक्रमको अवसरमा उहाँलाई विशेष सम्मान गरिएको हो।
क्व्होलासोंथार गाउँपालिका, घलेगाउँ पर्यटन व्यवस्थापन समिति, हिमाली आमा समूह घलेगाउँ र विश्वकर्मा समाज घलेगाउँले संयुक्त रूपमा परियारलाई सम्मान गरेका हुन्। कार्यक्रमका प्रमुख अतिथि पुर्व सन्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ, गाउँपालिका अध्यक्ष सुर्यप्रसाद गुरुङ, स्मार्ट भिलेज घलेगाउँका अध्यक्ष प्रेमबहादुर घले, हिमाली आमा समूह अध्यक्ष दुर्गादेवी घले तथा विश्वकर्मा समाजकी अध्यक्ष अस्मिता विश्वकर्मालगायतले संयुक्त रूपमा सम्मान गर्नुभएको थियो।
सम्मानस्वरूप घलेगाउँकै उत्पादन बख्खु, राडी, दोसल्ला, पगरी तथा सम्मानपत्र प्रदान गरिएको स्मार्ट भिलेज घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले जानकारी दिनुभयो।
वि.सं. २०३७ साल असार १५ गते बेसीशहर नगरपालिका–२ चिसापानीमा जन्मनुभएका परियारले नेपाली लोकसंगीतलाई जीवन्त, सशक्त र लोकप्रिय बनाउँदै आफ्नो अनुपम स्वर, निरन्तर साधना र सिर्जनशील यात्रामार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विशिष्ट पहिचान स्थापित गर्नुभएको छ।
लोक दोहोरी क्षेत्रमा संख्यात्मक रूपमा सबैभन्दा धेरै गीत गाउने गायकमध्ये एकका रूपमा चिनिनुहुने परियारले हालसम्म हजारौँ (१५ हजारभन्दा बढी) गीतमा स्वर दिइसक्नुभएको छ, जसले उहाँको योगदानलाई अझ विशिष्ट बनाएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण