काठमाडौं — प्रधानमन्त्री समेत रहेका हिपहप गायक बालेन शाहको १२ वर्ष पुरानो एक गीत युट्युबबाट हटाउन माग गर्दै साइबर ब्यूरोमा उजुरी परेको छ।
हिपहप ब्याटल ‘रअ बार्ज’ मा प्रस्तुत गरिएको उक्त गीत विभिन्न युट्युब च्यानल, विशेषगरी ‘सङ्स नेपाल’मार्फत अपलोड गरिएको थियो। उजुरीमा उक्त सामग्री महिला विरोधी तथा यौनिक र लैंगिक अल्पसंख्यक समुदायविरुद्ध घृणात्मक अभिव्यक्ति फैलाउने प्रकृतिको भएको दाबी गरिएको छ।
विवेक मगर, रोजी पुन, महिन्द्रसिंह दनुवार र पवन राई (बाबु) ले संयुक्त रूपमा उजुरी दर्ता गर्दै भिडियो हटाउन माग गरेका हुन्। उजुरीमा २० मिनेट १४ सेकेन्ड लामो भिडियोको लिङ्कसमेत संलग्न गरिएको छ।
उजुरीमा उल्लेख गरिएअनुसार भिडियोमा प्रयोग भएका शब्दहरू महिला तथा अल्पसंख्यक समुदायप्रति अपमानजनक र घृणा फैलाउने खालका रहेको दाबी गरिएको छ। साइबर ब्यूरोले उजुरी प्राप्त भएको पुष्टि गरेको छ।

आवश्यक अनुसन्धान गरि कार्वाहीको माग गर्दै उजुरी दिइएको छ । १२ वर्षअघि यमबुद्ध लगायतका हिपहप कलाकारले नेपहपलाई प्रवर्धन गर्न ‘रअ बार्ज’ कार्यक्रम आयोजना गरेका थिए ।
उक्त कार्यक्रममा बालेनले र्याप गायन गरेका थिए । तर, राष्ट्रिय राजनीतिमा बालेनको उदय भएपछि त्यतिबेलाका भिडियो अहिले आएर भाइरल बनेको देखिन्छ ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण