काठमाडौं — चलचित्र पत्रकार संघ नेपाल को २७औँ साधारण सभा तथा १०औँ महाधिवेशनबाट समीर बलामी पुनः अध्यक्षमा निर्वाचित भएका छन्। शनिबार राति सम्पन्न निर्वाचनमा बलामीले ९५ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धी जीवन पराजुली लाई पराजित गरेका हुन्। पराजुलीले ४२ मत प्राप्त गरेका थिए। कुल १४० मत खसेको थियो।
दोस्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष बलामीले नयाँ कार्यसमितिले चलचित्र पत्रकारिताको व्यावसायिकता, मर्यादा र साख अभिवृद्धिका लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।
संघको उपाध्यक्ष (संगठन)मा रघुनाथ सापकोटा ७३ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी नवीन गिरी ले ६२ मत प्राप्त गरे। उपाध्यक्ष (कार्यक्रम)तर्फ कुमार आचार्य निर्विरोध निर्वाचित भएका छन् भने उपाध्यक्ष (महिला)मा दीपज्योती थापा ७५ मतसहित विजयी हुँदा सुष्मा कार्की ६२ मतमा सीमित भइन्।
महासचिव पदमा गोपीकृष्ण चापागाईँ ५४ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी मनिष कार्की ले ४४ मत प्राप्त गरे। अन्य उम्मेदवारहरू सीपी जैसी र पवन भट्टराई ले क्रमशः १९ र १८ मत पाए।
सचिवमा मदन रिजाल ९४ मतसहित विजयी हुँदा सुरेन्द्र थापा मगर ले ४५ मत प्राप्त गरे। सचिव (समावेशी)मा महम्मद जलिम निर्विरोध निर्वाचित भएका छन्।
कोषाध्यक्षमा मनिष अञ्जान दाहाल ७४ मतसहित निर्वाचित भए भने निशा बजगाईँ ले ६५ मत प्राप्त गरिन्। सह–कोषाध्यक्षमा अर्जुन गुरागाईं ६२ मतसहित विजयी हुँदा भोला सुवेदी ले ४२ मत पाए।
सदस्य पदमा सुशिल नेपाल, दिनेश थापा, सोजना बिक लोहार, युबर्ण पौडेल, रतनबहादुर चन्द, सालिकराम न्यौपाने, नवीन चापागाईं र दीपराज क्षेत्री निर्विरोध निर्वाचित भएका छन्।
महाधिवेशनको निर्वाचन समितिमा कृष्ण ढुंगाना मुख्य निर्वाचन अधिकृत रहेका थिए। निर्वाचन मण्डलमा मोहन निरौला, नरेन्द्र महर्जन, माधवराज खरेल तथा विदुर गिरी रहेका थिए।
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण
-
मर्स्याङदी गाउँपालिका–८ मा विपन्न परिवारलाई कुखुराका चल्ला वितरण, आयआर्जन तथा स्वरोजगार प्रवर्द्धनमा जोड