logo

आइतबार, जेष्ठ ३१ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३१ आइतबार

दोहोरी गायक सागर बिसी वैवाहिक बन्धनमा बाँधिए

दोहोरी गायक सागर बिसी वैवाहिक बन्धनमा बाँधिए


  • मंगलबार, बैशाख ८ २०८३
  • 2.9K
    SHARES

    काठमाडौं । चर्चित दोहोरी गायक सागर बिसीले विवाह गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत विवाह गरेको तस्बिर सार्वजनिक गर्दै वैवाहिक जीवनको जानकारी दिएका हुन्।

    बिसीले भावुक स्टाटस लेख्दै “सुख पाए पनि दुःख पाए पनि तिम्रै काखको सिरानी हुनेछ प्यारि जीवन सङ्गिनी सपना 2083/1/7” उल्लेख गरेका छन्।

    धादिङका जन्मिएका बिसीले चितवनकी सपना सुनारसँग विवाह गरेका हुन्। नेपाली लोक–दोहोरी क्षेत्रमा सक्रिय बिसी पछिल्लो समय चर्चित लाइभ दोहोरी गायकका रूपमा परिचित छन्।

    करिब एक दशकदेखि संगीत क्षेत्रमा सक्रिय रहेका उनले ‘वनको जडिबुटी’, ‘धादिङ जिल्ला सेरो फेरो’ लगायत दर्जनौं एल्बम तथा हजारौँ लाइभ दोहोरीमा स्वर दिइसकेका छन्।

    विवाहको खबर सार्वजनिक भएपछि बिसीलाई संगीत क्षेत्रका कलाकार तथा प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत शुभकामना तथा बधाई दिइरहेका छन्। विवाह समारोहमा परिवारका सदस्यहरूको मात्र उपस्थिति रहेको थियो ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page