काठमाडौं — नव वर्ष २०८३ को अवसर पारेर नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत सार्वजनिक गर्ने क्रम बढ्दो छ। यसैक्रममा गायिका इन्दिरा सानु थापाको नयाँ गीत “हिमाली पाखैमा” सार्वजनिक भएको छ।
सार्वजनिक गीत “हिमाली पाखैमा” ले प्रेमिल जोडीहरूको कथा प्रस्तुत गरेको छ। गीतमा राधाकृष्ण तथा मुनामदनजस्ता चर्चित प्रेम जोडीहरूको प्रसंग समेट्दै साँचो प्रेम सधैं अमर रहने सन्देश दिन खोजिएको छ। आदर्श प्रेम सम्बन्ध स्थापित गर्ने भावनालाई पनि गीतमार्फत अभिव्यक्त गरिएको छ।
गीतमा कृष्ण रेउले र मेलिना राईको स्वर रहेको छ। शब्द तथा संगीत पनि कृष्ण रेउलेकै रहेको हो।
गीतको भिडियोमा जेरी भण्डारीको कथा, निर्देशन तथा कोरियोग्राफी रहेको छ। छायांकन दिनेश पराजुलीले गरेका हुन् भने सम्पादन नबिन घर्ती मगरले गरेका छन्।
भिडियोमा इन्दिरा सानु थापा र पूर्ण बहादुर गन्धर्वको अभिनय देख्न सकिन्छ। उक्त गीत कृष्ण रेउलेको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
मर्स्याङ्दीमा आठौँ मर्स्याङ्दी कप सुरु, पहिलो दिन ९०० विद्यार्थी सहभागी
-
चाँगुनारायण नगरपालिकाद्वारा बजार अनुगमन, नियमविपरीत कार्य गर्ने पसललाई जरिवाना
-
सन्तोष परियारको दशैंको मर्मस्पर्शी गीत ‘लाहुरेको दशैं तिहार’ले रुवायो दर्शक
-
गायक राजन भुजेलले ल्याए पञ्चेबाजा गीत म जन्मेको ठाउँ: भिडियोमा सफल र हर्षिता