logo

आइतबार, जेष्ठ ३१ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३१ आइतबार

‘छ माया छपक्कै २’ को मुहूर्त, तीन दिनपछि छायांकन सुरु

‘छ माया छपक्कै २’ को मुहूर्त, तीन दिनपछि छायांकन सुरु


  • सोमबार, बैशाख १४ २०८३
  • 2.6K
    SHARES

    काठमाडौं — निर्माता दीपकराज गिरी र दीपाश्री निरौलाको नयाँ चलचित्र ‘छ माया छपक्कै २’ को शुभमुहूर्त गरिएको छ। सोमबार बिहान भक्तपुरको सूर्यविनायकस्थित गणेश मन्दिरमा चलचित्रको मुहूर्त सम्पन्न गरिएको हो।

    चलचित्रको छायांकन भने तीन दिनपछि नुवाकोटबाट सुरु गरिने जनाइएको छ। निर्देशक दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको चलचित्रमा अघिल्लो भागका मुख्य जोडी दीपकराज गिरी र केकी अधिकारी नै मुख्य भूमिकामा देखिनेछन्। अभिनेत्री सनिशा भट्टराई पनि चलचित्रमा रहनेछिन्।

    दीपक–दीपा समूहको कम्पनी आमा सरस्वती मूभिजसँगको सहकार्यमा ‘फर्की फर्की’का निर्माता रोहित अधिकारीले चलचित्र निर्माण गर्नेछन्। मुनाफाको हिस्सेदारीमा रहने गरी दीपक–दीपा समूह यस फिल्ममा जोडिएको हो। सन् २०१९ मा प्रदर्शन भएको ‘छ माया छपक्कै’मा पनि यही मोडेलअनुसार सहकार्य गरिएको थियो।

    नुवाकोटसहित पोखरा र काठमाडौंमा छायांकन हुने उक्त चलचित्र अघिल्लो भाग ‘छ माया छपक्कै’को सिक्वेल रहेको निर्देशकले जानकारी दिएका छन्। अघिल्लो भाग जहाँ सकिएको थियो, त्यहीँबाट कथावस्तु अघि बढ्ने जनाइएको छ। चलचित्र आगामी दसैंको अवसर पारेर प्रदर्शन गरिने तयारी गरिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page