काठमाडौं — नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा नयाँ गीत सार्वजनिक गर्ने क्रम तीव्र बनेको छ। यसै सन्दर्भमा पर्वत जिल्लाका गायक सुजन बराईली को मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक गरिएको छ।
उक्त गीतमा गायक सुजन बराईली र चर्चित गायिका देबी घर्ती को स्वर समावेश रहेको छ। गीतका शब्द सर्जक प्रल्हाद सुबेदी ले तयार पारेका हुन् भने संगीत स्वयं सुजन बराईली कै रहेको छ। गीतलाई रमेश सञ्चुरी ले एरेञ्ज गरेका छन् भने मिक्सिङ श्यामश्वेत रसाईली ले गरेका हुन्।
गीतको भिडियो पर्वत जिल्लाको मल्लाज क्षेत्रमा छायांकन गरिएको हो। भिडियो निर्देशन कुमार केसी ले गरेका छन् भने सम्पादन अमृत चापागाई को रहेको छ। भिडियोमा सुजन बराईली, यशु भट्टराई, रियोश बराईली र करुणा नेपाली लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ।
उक्त गीत सुजन बराईली को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। दर्शक तथा श्रोताले गीतको भिडियो अनलाइनमार्फत अवलोकन गर्न सक्नेछन्।
-
गायक सचिन भट्टराई ‘राष्ट्रिय युवा कलाकारिता सम्मान–२०२६’ बाट सम्मानित
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण
-
जर्मनी सरकारका उच्च प्रतिनिधिमण्डलद्वारा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मेहतासँग शिष्टाचार भेट
-
शोभा अधिकारीको ‘सफलताका २७ स्वर्णिम सूत्रहरू’ काठमाडौंमा लोकार्पण
-
गायक सन्तोष परियारको नयाँ गीत “माया एउटा वरदान हो” सार्वजनिक