logo

आइतबार, जेष्ठ ३१ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३१ आइतबार

दिप गुरुङबाट निर्देशित चलचित्र ‘जुन–किरी’ काठमाडौंमा प्रिमियम शोका लागि तयारी

दिप गुरुङबाट निर्देशित चलचित्र ‘जुन–किरी’ काठमाडौंमा प्रिमियम शोका लागि तयारी


  • मंगलबार, बैशाख २२ २०८३
  • 2.8K
    SHARES

    काठमाडौं — फोटो पत्रकारको जीवन संघर्ष र गुरुङ समुदायको मौलिक सांस्कृतिक परम्परा ‘घाटु’ समेटिएको चलचित्र ‘जुन–किरी’ हङकङमा सफल प्रदर्शनपछि काठमाडौंमा प्रिमियम शोका लागि तयारीमा रहेको छ। चलचित्र आगामी बैशाख २४, २५ र २६ गते गोङ्गबुस्थित इन्फिनिटी हलमा विशेष प्रदर्शन हुने भएको छ।

    गुरुङ समुदायको सांस्कृतिक पहिचानलाई केन्द्रमा राखेर निर्माण गरिएको यस चलचित्रमा सुरज तमु, लक्ष्मी गुरुङ, अनिल सुब्बा, कविता आले, डी.बी. गुरुङ, सुस्मिता गुरुङ तथा दिपशिखा गुरुङलगायत कलाकारहरूको अभिनय रहेको छ।

    चलचित्रको छायांकन काठमाडौं तथा गोरखाको सिरानचोक गाउँपालिका स्थित श्रीनाथकोटसहित विभिन्न स्थानमा गरिएको हो।

    चलचित्रमा समावेश “मन लोभियो” बोलको गीत दिप गुरुङ युट्युब च्यानलमार्फत सार्वजनिक भइसकेको छ, जसले दर्शकबीच सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ।  गायिका अनु चौधरी र विकाश राना मगरको सुमधुर आवाजमा सजिएको गीतमा युनिक थापा मगरको शब्द तथा संगीत रहेको छ ।

    चलचित्र दिप गुरुङद्वारा निर्देशित हो। यो उनको निर्देशनमा बनेको दोस्रो चलचित्र हो। मौलिक गीत–संगीत क्षेत्रमा सफल निर्देशकका रूपमा परिचित उनले यसअघि निर्देशन गरेको चलचित्र नैनाले पनि व्यापारिक रूपमा उल्लेखनीय सफलता हासिल गरेको थियो।

    चलचित्र धन गुरुङ, शुक्र तामाङ, प्रेम गुरुङ, विनोद गुरुङ, राजकुमार गुरुङ तथा निर्देशक दिप गुरुङको संयुक्त लगानीमा निर्माण गरिएको हो। चलचित्रको छायांकन विजय लामाले गरेका हुन् भने कथा र स्क्रिप्ट केर कोइचले तयार पारेका हुन्  । चलचित्रको पोस्ट प्रोडक्सन दिप फिल्म्स प्रोडक्सनले गरेको हो।

    निर्माण पक्षका अनुसार चलचित्रले फोटो पत्रकारको जीवन संघर्षसँगै गुरुङ समुदायको सांस्कृतिक पहिचानलाई समेत प्रभावकारी रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page