logo

आइतबार, जेष्ठ ३१ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३१ आइतबार

यानीमाया रोधी घरको १५औं वार्षिकोत्सव भव्य रूपमा सुरु

यानीमाया रोधी घरको १५औं वार्षिकोत्सव भव्य रूपमा सुरु


  • बिहिबार, बैशाख २४ २०८३
  • 10.1K
    SHARES

    काठमाडौं: काठमाडौंको नयाँ बसपार्कस्थित यानि माया रोधी घरमा १५औं वार्षिकोत्सव–२०८३ भव्य रूपमा सुरु भएको छ।

    बैशाख २४ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने उक्त वार्षिकोत्सव समारोहको उद्घाटन राष्ट्रिय लोक दोहोरी व्यवसायी संघका अध्यक्ष दिपसागर थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा राष्ट्रिय लोक दोहोरी व्यवसायी संघका सल्लाहकार प्रेम श्रेष्ठ लगायत संघका कार्यसमिति सदस्यहरू, गीतसंगीत प्रेमीहरू, कलाकारहरू, दोहोरी व्यवसायी तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले नेपाली लोकदोहोरी क्षेत्रको संरक्षण, प्रवर्द्धन तथा नयाँ कलाकार उत्पादनमा यानीमाया रोधी घरले पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो। उहाँले नेपाली कला, संस्कृति र मौलिक लोक संगीतको जगेर्ना गर्दै कलाकारहरूलाई निरन्तर अवसर प्रदान गरिरहेको भन्दै संस्थाको आगामी यात्राका लागि शुभकामना व्यक्त गर्नुभयो। साथै, लोकदोहोरी व्यवसायलाई अझ व्यवस्थित, मर्यादित र पारिवारिक वातावरणमै सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको धारणा राख्नुभयो।

    पारिवारिक वातावरणमा उत्कृष्ट स्वादसँगै सांगीतिक मनोरञ्जन लिन सकिने यानी माया रोधी घरले नेपाली लोकदोहोरी क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएको छ। सयौं कलाकार उत्पादन गरिसकेको यस दोहोरी साँझले नयाँ प्रतिभाहरूलाई अवसर प्रदान गर्दै नेपाली कला, संस्कृति तथा लोक संगीतको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताइएको छ।

    वार्षिकोत्सव अवधिभर ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ। कार्यक्रममा दैनिक रूपमा सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरिनेछ।

    दोहोरी सञ्चालक भीम श्रेष्ठ तथा दिलु सलामी मगरले १५औं वार्षिकोत्सवको अवसरमा सम्पूर्ण दर्शक, शुभेच्छुक तथा संगीतप्रेमीहरूलाई कार्यक्रममा सहभागी भई सभ्य, भव्य र सफल बनाउन आग्रह गर्नुभएको छ। उहाँहरूले नेपाली लोकदोहोरी क्षेत्रलाई माया गर्ने सम्पूर्ण दर्शकलाई पारिवारिक वातावरणमा आयोजना गरिएको यस विशेष सांगीतिक उत्सवमा उपस्थित भई कलाकारहरूलाई हौसला प्रदान गर्न समेत अनुरोध गर्नुभएको छ।

    कार्यक्रम हरेक दिन साँझ ७:३० बजेदेखि राति २:०० बजेसम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार वार्षिकोत्सव अवधिभर राष्ट्रिय तथा चर्चित कलाकारहरूको निरन्तर प्रस्तुति रहनेछ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page