काठमाडौं। यानीमाया रोधी घरको १५ औं वार्षिकोत्सब भब्य रुपमा सम्पन्न भएकोे छ। १५ औं वार्षिकोत्सबको अवसरमा चर्चित कलाकारहरुको बिशेष प्रस्तुती रहनुका साथै पारिवारिक वातावरणमा उत्कृट स्वाद संगै थप मनोरञ्जन प्रदान गरिएको थियो। यानीमाया रोधी घरको १५ औं वार्षिकोत्सबको समुद्घाटनमा राष्ट्रिय लोक दोहोरी ब्यवसायीका अध्यक्ष तथा गायक एबं सर्जक दिप सागर थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो।
यानीमाया रोधी घरको १५ औं वार्षिकोत्सबमा मौलिक गीतहरु, यानीमाया, सालैजो, शिरफुले माया, थाली नाच, मयाली लगायत थुप्रै प्रस्तुतीहरु राखिएको थियो। यानीमाया रोधी घरको १५ औं वार्षिकोत्सबको अवसरमा नेपाली गीत संगीतमा योग्दान दिएका कलाकार तथा पत्रकारहरुलाई पनि सम्मान गरिएको थियो। धेरै वक्ताहरुले शुभकामना दिने क्रममा सयौं वार्षिकोत्सब मनाउन पाईयोस्, सबैको मन जित्दै जाओस्, अहिले जस्तै मौलिकतालाई ध्यान दिओस् भन्दै शुभकामना ब्यक्त गर्नुका साथै पछिल्लो समय दोहोरी साँझ र लाईभ दोहोरीमा आएको बिकृती बारे सजक रहन पनि अनुरोध गरेका थिए।
यानीमाया रोधी घरका सञ्चालकद्धय दिलु सलामी मगर र भिम श्रेष्ठले मौलिकतालाई बिशेष ध्यान दिईने र पुर्ण रुपमा पारिवारिक वातावरणलाई जोड दिनुका साथै पाहुनाहरुको चाहनालाई पनि मध्यनजर गरिने कुरा बताएका छन्। यानीमाया रोधी घरको १५ औं वार्षिकोत्सब यही बैशाख २४ गते देखी २८ गते सम्म रहेको थियो। यानीमाया रोधी घर काठमाडौंको मित्रनगर, नेपाल टेलिकम नजिक रहेको छ।
यानीमाया रोधी घर साँझ ७ः३० बजे देखी बिहान २ बजे सम्म सञ्चालन हुने कुरा यानीमाया रोधी घर परिवारद्धारा जानकारी आएको छ। पुर्ण पारिवारिक वातावरणमा सांगीतिक मनोरञ्जन लिनुका साथै बिभिन्न परिकारका स्वाद लिनका लागी एक पटक भएनी यानीमाया रोधी घरलाई सम्झिनका लागी सञ्चालकद्धय दिलु सलामी मगर र भिम श्रेष्ठले अनुरोध गरेका छन्।
-
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधन
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी