काठमाडौं– पछिल्लो १२ महिनामा भारतमा २२ अर्ब डलर बराबरको आइफोन ‘एसेम्बल’ भएको छ । अमेरिकी प्रविधि कम्पनी एप्पलले अघिल्लो वर्षको तुलनामा भारतमा एप्पलको उत्पादन ६० प्रतिशत वृद्धि गरेको छ ।
भारतीय आर्थिक अनलाइन पोर्टल इकोनोमिक टाइम्सका अनुसार हाल एप्पलले विश्वको कुल उत्पादनमध्ये २० प्रतिशत आइफोन भारतमा उत्पादन गर्दै आएको छ । एप्पलले चीनबाट आइफोनको उत्पादन भारतमा स्थानान्तरण गर्दै आएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई लक्षित गरी भन्सार शुल्क वृद्धि गरेपछि भारतबाट अमेरिकातर्फ आइफोनको निर्यात पनि बढेको जनाइएको छ । हाल एप्पलले प्रायः सबै रेन्जका आइफोन भारतमै एसेम्बल गर्छ ।
भारतमा एप्पलले कुल स्मार्टफोन बजारको ८ प्रतिशत ओगटेको छ । आर्थिक वर्ष सन् २०२४ मा भारतमा एप्पलले ८ अर्ब डलर बराबरको आइफोन बिक्री गरेको छ ।
-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
भ्रमपूर्ण प्रचारप्रति तरुण दल नुवाकोटको आपत्ति
-
नेपाली काङ्ग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीद्वारा घोषणा–पत्र सार्वजनिक