काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा यही जेठ महिनामा नवौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता हुने भएको छ ।
प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरको अध्यक्षतामा सोमबार बसेको सचिवालय बैठकले उक्त प्रतियोगिता यही जेठ २९, ३० र ३१ गते विदुर नगरपालिका, नुवाकोटमा आयोजना गर्ने निर्णय गरेको हो ।
लोक तथा दोहोरी गीत क्षेत्रमा नयाँ एवं उदाउँदा प्रतिभाहरूलाई प्रोत्साहन गर्ने तथा उनीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतिष्ठानले प्रतियोगिता हरेक वर्ष नियमित रूपमा आयोजना गर्दै आएको जनाएको छ । अध्यक्ष थापाले यस वर्ष पनि सोही अभियानलाई निरन्तरता दिइएको बताइन् ।
गत वर्ष चितवनमा भव्य रूपमा सम्पन्न भएको राष्ट्रिय प्रतियोगिता यस वर्ष ऐतिहासिक तथा सांस्कृतिक जिल्ला नुवाकोटमा आयोजना हुन लागेको हो ।
प्रतिष्ठानका अनुसार विदुर नगरपालिकामा हुने प्रतियोगिताले स्थानीय स्तरमा परम्परागत लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धनमा टेवा पुर्याउनुका साथै देशभरका कलाकारबीच सिर्जनात्मक तथा उत्कृष्ट प्रतिस्पर्धा गराउने अपेक्षा गरिएको छ ।
प्रतियोगिताको विस्तृत कार्यतालिका तथा पुरस्कार राशिसम्बन्धी जानकारी प्रतिष्ठानले छिट्टै सार्वजनिक गर्ने जनाएको छ ।
-
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधन
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी