काठमाडौं । गोर्खाली गायिका निशा गुरुङको प्रस्तुतिमा नयाँ दोहोरी गीत ‘तीनढिके फुली’ (ढाकाको टोपीले) सार्वजनिक भएको छ। गायिका गुरुङको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीत यतिबेला दर्शक तथा श्रोतामाझ लोकप्रिय बन्दै गएको छ।
प्रेमी–प्रेमिकाबीचको माया–प्रेमको भावनात्मक कथावस्तु समेटिएको गीतमा निशा गुरुङ र शीतल गुरुङको सुमधुर स्वर रहेको छ। गीतका शब्द गीतकार सीताराम परियारले लेखेका हुन् भने संगीत शीतल गुरुङ कै रहेको छ। गीतको संगीत संयोजन शिव कनौजी मगरले गरेका हुन्।
मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई खड्क बाजुरालीले मिक्सिङ गरेका छन्। त्यसैगरी रेकर्डिस्टको रूपमा गोविन्द पराजुली र सागर बाजुरालीको योगदान रहेको छ।
गीतको म्युजिक भिडियो दीप गुरुङको निर्देशनमा तयार गरिएको हो। भिडियोमा कलाकारहरू विजय पुन, बबिन सिंह ठकुरी, प्रीति गुरुङ र दिपिका मगरको अभिनय रहेको छ। कलाकारहरूको श्रृङ्गार हेमा गुरुङले गरेकी हुन्।
भिडियोको छायाङ्कन विजय लामाले गरेका हुन् भने सम्पादन पदम सुवेदीले गरेका छन्।
यसअघि पनि निशा गुरुङको आवाजमा रहेका ‘पुर्ख्यौली गाउँ’, ‘वीर गोर्खाली’, ‘लाहुरेको तकमा छ’, ‘युके लन्डनको’ तथा ‘सिङ्गापुर मलाय’ लगायत दर्जनौँ गीतहरू दर्शक तथा श्रोतामाझ लोकप्रिय रहँदै आएका छन्।
नयाँ गीत ‘तीनढिके फुली’ (ढाकाको टोपीले) को म्युजिक भिडियो गायिका निशा गुरुङको अफिसियल युट्युब च्यानलमार्फत हेर्न सकिनेछ।
-
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधन
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी