काठमाडौं: नेपाली लोकदोहोरी तथा पञ्चेबाजा संगीतमा पछिल्लो समय नयाँ स्वाद थपिएको गीत ‘घडीको सुई उल्टो घुमेर’ यतिबेला सामाजिक सञ्जालमा अत्यधिक चर्चामा रहेको छ। टिकटक, युट्युब, फेसबुक रिल्सलगायत विभिन्न प्लेटफर्ममा गीतले छोटो समयमै राम्रो लोकप्रियता हासिल गरेको हो।
बिना लगनको समयमा समेत पञ्चेबाजा शैलीको गीत दर्शक–श्रोताले रुचाइरहेको भन्दै धेरैले गीतको खुलेर प्रशंसा गरिरहेका छन्। मौलिक लोकलय, आधुनिक प्रस्तुति र भावनात्मक शब्द संयोजनका कारण गीतले विशेष चर्चा बटुल्न सफल भएको हो।
लोकदोहोरी गायक ईश्वर सिंह र चर्चित गायिका कालिका रोका मगरको स्वर रहेको उक्त गीत केही दिनअघि मात्रै कालिका रोका युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको थियो। गीतका शब्द शिव अखेलीले लेखेका हुन् भने संगीत स्वयं ईश्वर सिंहकै रहेको छ। गीतको मिक्सिङ तथा एरेञ्जिङ एचबिएन किस्मतले गरेका छन्। रेकर्डिङ वान डीबी रेकर्डिङ स्टुडियोमा गरिएको हो।
गीतले प्रेम, बिछोड र समयको उल्टो यात्रालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेको छ। विशेषगरी उमेर र जिम्मेवारी बढ्दै जाँदा बालापनका दिनहरू सम्झिने भाव गीतमा समेटिएको छ।
‘फर्के पनि हुन्थ्यो बरै त्यही मेरो बाला उमेर’ बोलले धेरै श्रोतालाई आफ्ना पुराना दिन सम्झाइरहेको छ।
पञ्चेबाजा शैलीमा तयार पारिएको गीतले नेपाली मौलिक संगीतको स्वादलाई अझ जीवन्त बनाएको दर्शकहरूको प्रतिक्रिया छ। सामाजिक सञ्जालमा धेरैले गीतको शब्द, संगीत र स्वर संयोजनलाई मन छुने तथा फरक शैलीको प्रस्तुति भन्दै प्रशंसा गरिरहेका छन्।
गीतको म्युजिक भिडियोमा ग्रामीण परिवेश, सांस्कृतिक पहिरन तथा परम्परागत पञ्चेबाजा संस्कृतिलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ। सनाही, सारङ्गी र माहुरी बाजाको प्रयोगले गीतलाई अझ मिठासपूर्ण बनाएको छ।
म्युजिक भिडियोमा गायक ईश्वर सिंह र गायिका कालिका रोका मगर स्वयंले अभिनय गरेका छन्। भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन मनोज कार्कीले गरेका छन्। एकेन्द्र सारा शंकरको कथा तथा निर्देशनमा भिडियो तयार पारिएको हो।
-
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधन
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी