काठमाडौं । पछिल्लो समय लोकदोहोरी क्षेत्रमा सक्रिय गायक दिनेश श्रेष्ठले गाएको नयाँ गीत ‘झुम्का दिउला सुनैको’ सार्वजनिक भएको छ ।
काजीश श्रेष्ठको प्रस्तुतिमा रहेको गीत ‘झुम्का दिउँला सुनैको, आघि तोलाको’ गीतको निर्माता भने गोविन्द भट्टराई हुन् । काजीश श्रेष्ठ र गोविन्द भट्टराई दुवै अस्ट्रेलियामा बसोबास गर्दै आएका छन् ।
गीतमा दिनेश श्रेष्ठ र स्मृति गौतमको स्वर रहेको छ । गीतको शब्द तथा लय दिनेश श्रेष्ठकै रहेको छ भने संगीत संयोजन नारायण दङ्गालले गरेका हुन् । राग रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ कृष्ण लामिछाने ले गरेका छन् ।
गीतको भिडियोमा पल शाह र गीता ढुङ्गानाको अभिनय रहेको छ । भिडियोको निर्देशन काजीश श्रेष्ठले गरेका हुन् भने कथा तथा कोरियोग्राफी प्रशान्त मगरको रहेको छ । त्यस्तै, भिडियोको छायांकन नवराज उप्रेतीले गरेका हुन् भने सम्पादन मनोज कार्कीले गरेका छन् । गीतका निर्माता गोविन्द भट्टराई हुन् । गीत काजेश श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
यसअघि पनि दिनेश श्रेष्ठ र स्मृति गौतमको सहकार्यमा सार्वजनिक भएको ‘जुनको छेउमा के हो र तारा’ गीतले दर्शकमाझ राम्रो प्रतिक्रिया पाएको थियो । उक्त गीतमा पल शाह र अस्मिता जुरेलीको अभिनय रहेको थियो भने निर्देशन काजीश श्रेष्ठले गरेका थिए ।
लोकदोहोरी क्षेत्रमा निरन्तर सक्रिय दिनेश श्रेष्ठले पछिल्लो समय विभिन्न सांगीतिक प्रस्तुति तथा लाइभ दोहोरीमार्फत दर्शक तथा श्रोतामाझ आफ्नो उपस्थिति बलियो बनाइरहेका छन् ।
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चिरायु डेन्ट केयरका सञ्चालक सागर जोशी विशेष सम्मानित
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण