गोरखा — सिरानचोक गाउँपालिकाको जौबारी लाङ्दीमा जन्मिएका लोकदोहोरी सर्जक परशुराम थपलियाको नयाँ गीत “चल्याे बतास सरर गोरखाको डांडैमा” हालै सार्वजनिक भएको छ। सार्वजनिक भएसँगै गीतलाई दर्शक–श्रोताहरूले रुचाउन थालेका छन्।
यसअघि उनका “हाँस्दैउ बोल्दैउ”, “लेकैमा सल्लो” र “मेरो परान” लगायतका गीतहरू पनि निकै चर्चित बनेका थिए। नयाँ गीतमा चर्चित गायिका शान्तिश्री परियार र लोकप्रिय गायक चिज गुरुङ को स्वर रहेको छ भने लक्ष्मी गुरुङ र मनोज गुरुङको अभिनय देख्न सकिन्छ।
गोरखा जिल्लाका विभिन्न ऐतिहासिक तथा पर्यटकीय स्थलहरूमा छायांकन गरिएको यस गीतको निर्देशन निर्देशक दिप गुरुङले गरेका हुन्। गीतको शब्द तथा लय स्वयं परशुराम थपलियाकै रहेको छ।
लामो समयदेखि सांगीतिक क्षेत्रमा संघर्षरत थपलियाले सुरुवाती दिनहरूमा सुगम संगीततर्फ पनि विभिन्न गीतहरू सिर्जना गरेका थिए। उनका “आँधीसरि तिम्रो माया”, “घरबारे रैछौ मायालु” र “बदनाम भएँ म तिम्रै कारणले” जस्ता गीतहरूले पनि राम्रो चर्चा पाएका थिए।
थपलियाले आफ्ना गीतहरू हेरेर, सुनेर साथ र समर्थन गरिदिन सम्पूर्ण दर्शक–श्रोतासमक्ष आग्रह गरेका छन्।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने