गोरखा: गोर्खाली चेली बबिता बानियाँ ‘जेरी’ले सामाजिक सञ्जालमा भाइरल बनेका विवाहसम्बन्धी फोटो तथा भिडियोबारे स्पष्टिकरण दिएकी छन्। उनले सार्वजनिक भएका तस्वीर तथा भिडियो वास्तविक नभई नयाँ गीतको प्रमोशनका लागि एआई (AI) प्रविधिबाट तयार गरिएको बताएकी हुन्।
जेरीले फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै पछिल्ला केही दिनदेखि भाइरल बनेका फोटो–भिडियोप्रति धेरैले शुभकामना तथा नयाँ जीवनको सुरुवातका रूपमा प्रतिक्रिया दिएको उल्लेख गरेकी छन्। उनले सबैको माया, सद्भाव र आशिर्वादप्रति आभार व्यक्त गर्दै ती सामग्री हालै सार्वजनिक भएको ‘बाजा’ गीतको प्रचारका लागि मात्र बनाइएको स्पष्ट पारेकी छन्।
उनले लेखेकी छन्, “प्रविधिको विकासलाई सदुपयोग गर्दै AI बाट निर्मित फोटो र भिडियो सार्वजनिक गरेकी हुँ। तर धेरैले साँच्चै मेरो जीवनमा नयाँ सुरुवात होस् भन्ने चाहनुभएको रहेछ। तर अब नयाँ जीवन या दोस्रो बाटो सम्भव छ जस्तो मलाई लाग्दैन।”
जेरीले आफू एक आमाको रूपमा सन्तानको भविष्य, सफलता र खुसीलाई नै प्राथमिकता दिने बताउँदै जीवनको संघर्षभन्दा माथि अरु केही नरहेको उल्लेख गरेकी छन्। साथै, भविष्यमा जीवनसँग सम्बन्धित कुनै महत्वपूर्ण निर्णय भए सबैसँग साझा गर्ने पनि उनले बताएकी छन्।
-
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधन
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी