गोरखा: वरिष्ठ लोकदोहोरी तथा ठाडो भाका गायिका हरिमाया गुरुङ को नयाँ कौडा गीत “गोरखा ताकुकोट” सार्वजनिक भएको छ। गीत गायिका हरिमाया गुरुङकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
यो गीत हरिमाया गुरुङ र इन्द्र गुरुङको पुरानो आवाज तथा सङ्कलनमा रहेको प्रचलित भाका हो, जसलाई २०५८/५९ सालतिर इन्द्र गुरुङ, हरिमाया गुरुङ तथा बीमा कुमारी दुराले गाएका थिए। मौलिक भाकाको स्वाद कायम राख्दै यस गीतलाई नयाँ शैली र प्रस्तुतीकरणसहित पुनः निर्माण गरी सार्वजनिक गरिएको हो।
गीतमा हरिमाया गुरुङ र पृथ्वी गुरुङको स्वर सुन्न सकिन्छ। गीतका शब्द चन्द्र परियारले लेखेका हुन् भने संगीत संयोजन डोलराज बाह्रघरे गरेका छन्। मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा सुमन राना र खुमन सिंह रानाले रेकर्डिस्टको भूमिका निभाएका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ कुमार रानाले गरेका हुन्।
गीतको म्युजिक भिडियो गोरखा दरबार संग्रहालयमा छायांकन गरिएको हो। भिडियोको निर्देशन दीपकोके गुरुङले गरेका छन् भने कोरियोग्राफी कृतिका गुरुङले गरेकी हुन्। भिडियोमा राजु गुरुङ र सुमित्रा गुरुङको अभिनय देख्न सकिन्छ। यसैगरी, भिडियोको छायांकन विजय लामाले गरेका हुन् भने सम्पादन पदम सुवेदीले गरेका छन्।
गीतमा गोरखा र लमजुङ जिल्लाका ऐतिहासिक कोट तथा मौलिक संस्कृति समेट्ने प्रयास गरिएको गायिका हरिमाया गुरुङले बताएकी छन्।
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण
-
मर्स्याङदी गाउँपालिका–८ मा विपन्न परिवारलाई कुखुराका चल्ला वितरण, आयआर्जन तथा स्वरोजगार प्रवर्द्धनमा जोड
-
रास्वपाको गोरखाका सबै पालिकामा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशन जेठ २४ मा