logo

सोमबार, असार १ २०८३

kantipurpationlinetv

२०८३ असार १ सोमबार

विनोद भट्ट र कमला घिमिरेको नयाँ दोहोरी गीत ‘तिमी साथी हौ’ सार्वजनिक

विनोद भट्ट र कमला घिमिरेको नयाँ दोहोरी गीत ‘तिमी साथी हौ’ सार्वजनिक


  • सोमबार, असार १ २०८३
  • 2.2K
    SHARES

    गोरखा: गोरखाली गायक विनोद भट्ट र गायिका कमला घिमिरेको जोडीमा नयाँ दोहोरी गीत ‘तिमी साथी हौ (सुख–दुःखको)’ सार्वजनिक भएको छ।

    गीतमा गायक विनोद भट्टसँगै गायिका कमला घिमिरेको स्वर सुन्न सकिन्छ। सागर बिसीको शब्द तथा लय रहेको गीतलाई खेमराज गौतमले एरेन्ज गरेका हुन्। ओजन स्टुडियोमा रेकर्ड गरिएको गीतमा राजु सुनामले रेकर्डिङ तथा विनोद परियारले मिक्सिङ र मास्टरिङ गरेका छन्।

    गीतको म्युजिक भिडियोमा दीक्षा घिमिरेको कोरियोग्राफी रहेको छ भने विशालनाथ योगीले निर्देशन गरेका छन्। भिडियोमा विनोद भट्ट, कमला घिमिरे, किरण कुँवर क्षेत्री, विशालनाथ योगी, सागर बिसी र दिनेश श्रेष्ठलगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ।

    महेश महराको छायांकन र मनोज कार्कीको सम्पादन रहेको भिडियोले साथित्व र सुख–दुःखमा साथ दिने भावनालाई प्रस्तुत गरेको छ।

    पछिल्लो समय विनोद भट्ट र कमला घिमिरेको जोडी दर्शकमाझ निकै लोकप्रिय बन्दै गएको छ। उनीहरूको सहकार्यमा बनेका गीतहरू दर्शक–श्रोताले रुचाउँदै आएका छन्। यही लोकप्रियतालाई आधार मानेर नयाँ गीत सार्वजनिक गरिएको निर्माण पक्षले जनाएको छ।

    त्यसैगरी, यो जोडीको अर्को प्रेमिल गीतको म्युजिक भिडियो पनि हालै सुटिङ सम्पन्न भएको छ। निर्माण पक्षका अनुसार उक्त भिडियो छिट्टै विनोद भट्ट अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिने तयारी भइरहेको छ। गीत विनोद भट्ट अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

     


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page