logo

मंगलबार, साउन ५ २०८३

kantipurpationlinetv

२०८३ साउन ५ मंगलबार

गोकर्णेश्वरका नगरवासीलाई १ लाखसम्म निःशुल्क उपचार सुविधा, तीन अस्पतालसँग सम्झौता

गोकर्णेश्वरका नगरवासीलाई १ लाखसम्म निःशुल्क उपचार सुविधा, तीन अस्पतालसँग सम्झौता


  • आइतबार, साउन ३ २०८३
  • 91
    SHARES

    काठमाडौं — गोकर्णेश्वर नगरपालिकाले नगरवासीलाई सहज, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले तीन अस्पतालसँग उपचारसम्बन्धी सम्झौता गरेको छ।

    शुक्रबार आयोजित एक कार्यक्रमबीच गोकर्णेश्वर नगरपालिका, मेडिकेयर हस्पिटल, हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल र सुशील कोइराला मेमोरियल अस्पतालबीच उपचार सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

    सम्झौताअनुसार गोकर्णेश्वर नगरपालिकाका स्थायी बासिन्दाले ती अस्पतालहरूबाट उपचार गराउँदा प्रतिव्यक्ति एक लाख रुपैयाँसम्म निःशुल्क उपचार सुविधा प्राप्त गर्नेछन्। उपचारका क्रममा लाग्ने नेपाल सरकारले निर्धारण गरेको ३ प्रतिशत करसमेत नगरपालिकाले नै व्यहोर्ने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ।

    नगरपालिकाका अनुसार स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार गर्दै उपचार खर्चका कारण आर्थिक समस्या भोग्नुपर्ने अवस्थालाई न्यूनीकरण गर्ने उद्देश्यले उक्त सहकार्य गरिएको हो। यस कार्यक्रमबाट नगरवासीले विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्न सक्ने विश्वास गरिएको छ।

    गोकर्णेश्वर नगरपालिकाले यसअघि पनि विभिन्न स्वास्थ्य संस्थासँग सहकार्य गर्दै नगरवासीलाई सहुलियतपूर्ण तथा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ। हालै काठमाडौं मेडिकल कलेज (केएमसी) र ओम अस्पतालसँग समेत स्वास्थ्य सेवा सहकार्यका कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।

    सम्झौता कार्यक्रममा नगर प्रमुख, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सम्बन्धित अस्पतालका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। नगरपालिकाले आगामी दिनमा पनि स्वास्थ्य सेवाको पहुँच थप विस्तार गर्दै नागरिकमैत्री स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page