
गोरखा — अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरका कराँते प्रतियोगितामा पदक जितेर देशको शान बढाउने गोरखाका प्रतिभावान खेलाडीहरूलाई शहीद लखन गाउँपालिका–७, बुकोटको वडाकार्यालयले एक भव्य कार्यक्रमका बीच सम्मान गरेको छ।
२०७९ साउन ७ गते, वडा कार्यालयको आयोजनामा आयोजित कार्यक्रममा खेलकुदको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेका खेलाडीहरूलाई प्रशंसा–पत्र, दोसल्ला र फूलमालाले सम्मान गरिएको हो।
अन्तर्राष्ट्रिय स्तरमा गोरखाको पहिचान
कार्यक्रममा सहभागी खेलाडीहरूमध्ये अर्पण थापा मगर (वडा नं. ७, बुकोटे) र स्मृति गुरुङ (वडा नं. ६, धेरैड)ले हालै श्रीलंकामा सम्पन्न ९औं दक्षिण एशियाली कराँते प्रतियोगिता २०२५ मा सहभागिता जनाएका थिए। अर्पण थापा मगरले १६–१७ वर्षे उमेर समूह अन्तर्गत +७६ के.जी. तौल समूहमा प्रतिस्पर्धा गर्दै स्वर्ण पदक जित्न सफल भएका थिए। स्मृति गुरुङले U-21, +६८ के.जी. समूहमा प्रतिस्पर्धा गर्दै कास्य पदक जितेकी थिइन्।
राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन
कार्यक्रममा १५औं प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ मा पदक जित्न सफल खेलाडीहरू सृष्टि श्रेष्ठ (वडा नं. ८, बुकोटे) र अमृत राना मगर (वडा नं. ५, तातोपानी)लाई पनि सम्मान गरिएको थियो । सृष्टि श्रेष्ठ (वडा नं. ८, बुकोटे): ६० के.जी. तौल समूहमा स्वर्ण पदक विजेता र अमृत राना मगर (वडा नं. ५, तातोपानी): ४२ के.जी. तौल समूहमा कास्य पदक विजेता हुन् ।
स्थानीय सरकारको सराहनीय कदम
कार्यक्रमका प्रमुख अतिथि तथा वडा अध्यक्ष शरण श्रेष्ठले खेलाडीहरूको सफलतालाई गौरवपूर्ण उपलब्धि भन्दै भनिन्, “स्थानीय स्तरमै यति ठूलो योगदान दिने खेलाडीहरू हाम्रो समुदायको पहिचान हुन्। वडा कार्यालय उनीहरूको निरन्तर साथमा रहनेछ।”
श्रेष्ठले भविष्यमा खेलकुद प्रवर्द्धनका लागि आधारभूत पूर्वाधार निर्माण, प्रशिक्षणका अवसर र प्रतियोगितामा सहज पहुँच सुनिश्चित गर्नेतर्फ वडाको ध्यान केन्द्रित हुने बताए।
कार्यक्रमले गाउँस्तरमै राष्ट्रिय र अन्तर्राष्ट्रिय उपलब्धिको कदर गर्ने संस्कारलाई बलियो बनाएको आयोजकले बताएका छन्। यसले भावी पुस्तालाई खेलकुदमा लाग्न थप प्रेरणा दिने विश्वास गरिएको छ।
सम्मान कार्यक्रममा नेपाल मगर सांस्कृतिक संघका अध्यक्ष, राष्ट्रिय लोक दोहोरी व्यवसायी संघका अध्यक्ष, कुटुम्ब रोधी घरका सञ्चालक साथै चर्चित गायक तथा सर्जक दिप सागर थापाको विशेष उपस्थितिले कार्यक्रमलाई अझ भव्यता प्रदान गरेको थियो। थापाले पदक विजेता खेलाडीहरूलाई बधाई ज्ञापन गर्दै भने, “अर्पणसहित सबै खेलाडीहरू हाम्रो गाउँका गौरव हुन्। उनीहरूले केवल पदक मात्र होइन, अन्तर्राष्ट्रिय मञ्चमा देशको झन्डा फहराएका छन्।”
थापा स्वयं स्वर्ण पदक विजेता अर्पण थापा मगरका पिता समेत हुन्। उनले छोराको यो सफलतालाई सम्पूर्ण गोरखाली समुदायको जित भएको भन्दै स्थानीय युवा प्रतिभा पहिचान र प्रवर्द्धनका लागि सामूहिक प्रयास आवश्यक रहेको धारणा राखे। उनले खेलकुद, संस्कृति र संगीतलाई समन्वयमा अघि बढाउनुपर्नेमा जोड दिँदै, भविष्यमा पनि गाउँस्तरका यस्ता कार्यक्रमहरूमा निरन्तर साथ रहने प्रतिवद्धता व्यक्त गरे।
-
अन्तर्राष्ट्रिय पहिचान: नेपाली क्रिएटर बद्री प्रसाद तिवारीको डान्स भिडियोलाई T-Series ले सेयर गर्यो
-
पुष्कल शर्माको नयाँ तीज गीत ‘श्रीमान’ सार्वजनिक, मौलिकता र भावनाको सुन्दर संगम
-
गायिका शान्तीकुमारी शाही फाउण्डेसनको आजीवन सदस्य बन्दै भक्तजनहरुलाई देउडामा छमछमी नचाइन्
-
जानकी तारामी मगरको नयाँ तीज गीत ‘घैया घैया’ सार्वजनिक, श्रीमान् भगवान थापासँगै भिडियोमा उपस्थित
-
गायक प्रकाश कटुवालको नयाँ गीत ‘जर्सी गाईको दूध’ सार्वजनिक